Powered by Blogger.
लियो क्लब अफ थाहानगरको चार्टर प्रेसिडेन्टमा विष्ट


थाहानगर, ११ फागुन । लियो क्लब अफ पिस थाहानगरको चार्टर बोर्ड गठन भएको छ । 

बोर्डको चार्टर प्रेसिडेन्टमा थाहा नगरपालिका वडा नम्बर ८ का अनित विष्ट चयन भएका छन् । मकवानपुरको थाहानगर स्थित थाहानगर उद्योग वाणिज्य संघको सभाहलमा भएको भेलाले विष्टलाई प्रेसिडेन्टमा चयन गरेको हो । 
कार्यक्रममा लायन्स क्लब अफ पिस थाहानगरका चार्टर प्रेसिडेन्ट सुरेन्द्रमान प्रधान, सल्लाहकार भरत गोपाली, लायन्स क्लब अफ पिस थाहानगरका सचिव कृष्ण दाहाल, लायन्स क्लब अफ पिस थाहानगरका सदस्य नवराज लामा लगायतको आतिथ्य रहेको थियो । 

भेलाले लियो क्लब अफ पिस थाहानगरको  प्रथम उपाध्यक्षमा गणेश बिष्ट, द्वितीय उपाध्यक्षमा अनिता बिष्ट, तृतीय उपाध्यक्ष सिम्रन खड्का, सचिब गणेश खत्री, सहसचिब मुकेश गोले, कोषाध्यक्ष मनिषा बस्नेत, सहकोषाध्यक्ष स्वेच्छा श्रेष्ठ, जनसम्पर्क अधिकारी सुमन बिष्ट, सचेतक सुष्मा बिष्ट, व्यवस्थापक रबिन बिष्ट, निर्देशक शुभद्रा केसी, निर्देशक कविता बिष्ट, संस्थापक सदस्यहरु निरन्जन ढकाल, अभिषेक प्रधान, अनन्त ढकाल, अनुपा बिष्ट र सुजन बिस्ट चयन भएका छन् ।

लियो क्लब अफ पिस थाहानगर को चार्टर प्रेसिडेन्टमा चयन भएका विष्टले  समाजका अग्रज र मिहेनतीहरु सम्पुर्णलाई समेटेर समाजिक सेवामा उन्मुख गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रेसिडेन्ट विष्टले शिक्षा र स्वास्थका प्रवद्र्धनको विषमा आफ्नो कार्यकाल केन्द्रीत हुने बताए । 

उनले बजार क्षेत्र गाउँलाई जोड्ने समान हैसियत बनाने किसिमको कार्यक्रम लियोले संचालन गर्ने बताउँदै कुलत र लागूऔषध दुव्यसनीमा लागेका युवा वर्गलाई सही बाटोमा लगाउने अभियानमुलक कार्यक्रम पनि संचालन गर्ने बताएकाछन् ।  

को हुन् चार्टर प्रेसिडेन्ट ?
नाम         अनित बिष्ट 
बाबु          ः रेशम बिष्ट 
आमा         ःमुना बिष्ट 
जन्म स्थान   थाहा नगरपालिका–८, मकवानपुर
उमेर           ः१९ वर्ष
स्वभाव सक्रियताः
( सानैदेखि समाज सेवामा रुचि राख्न ,
( पालुङ जेसिज, फरक सोच अभियान लगायतका सामाजिक अभियानमा बिगत केही बर्षदेखि सकृय,
( हाल पालुङ जेसिज बर्ष २०१७ को लागि ट्रेनिङ कमिस्नरको पदमा सेवारत्,
( उद्घोषण विधामा अब्बल,

( विभिन्न सांस्कृतिक कार्यक्रम, रियालिटि शो, महोत्सवका कार्यक्रमहरुमा आफ्नो उद्घोषण कलाबाट  दर्शकहरूको मन जित्न सफल  ।
( शिक्षा  ः ज्ञानकुन्ज कलेजमा अध्ययनरत 
( रुचि   ःसमाज सेवा , अध्ययन, यात्रा गर्न , उद्घोेषण गर्ने, साथभाई भेटघाट 
( उद्देश्य ः कुशल समाजसेवी र सफल व्यवसायी बन्ने
 ( प्रेरणाको श्रोत  ः बाबु, आमा, परिवार र साथीहरू ।

0 comments

Write Down Your Responses