Powered by Blogger.
फोक्सो क्यान्सर शर्मिला दर्लामीको उपचारका लागि सहयोगको आह्वान


मकवानपुर, ७ फाल्गुन / मिल्चे ९ काभ्रेपलान्चोक जिल्ला निवासी  शर्मिला दर्लामीको अचानक फोक्सोको क्यान्सर भएकोले उपचारका लागि सहयोग गर्न आह्वान गरिएको छ. । बिगत १० वर्ष देखी स्वास्थ्य चौकी तथा वर्थिङ सेन्टरमा प्रसुती कर्मिको रुपमा रोगि, अशक्त, मातृशिशु तथा गर्भवती महिलाहरुको सेवा गर्दा गर्दै आउनु भएका ३५ वर्षिय दलार्मीलार्ई अचानक फोक्सोको क्यान्सर भएको अस्पतालले जनाए पश्चात हाल भक्तपुर क्यान्सर अस्पतालको शैयामा जीवन मरणको दोसाधमा छ्ट्पटाइरहेको पिडितका भान्जा दिपेन्द्र श्रेष्ठले बताउनु भयो ।
उपचारको क्रममा हाल सम्म नेपाल सरकारले दिएको एक लाख रुपैया अनुदान समेत गरेर ९ लाख रुपैया खर्च भैसकेको र अझै थप उपचार गर्नु पर्ने तर आर्थिक अभाव भएकोले सहयोगको लागी अपिल गरेको श्रेष्ठले बताउनु भयो ।
पिडितको भनाई यस्तो छ  : म बाँच्न चाहन्छु, बाचेर ति रोगी पिडित महिला दिदिबहिनीहरुको सेवामा जीवनभर समर्पित हुन चाहन्छु । हजुरहरुलाई मेरो अनुरोध छ, कृपया मलाई बचाइदिनुस् , सक्नु हुन्छ आर्थिक सहयोग गर्नुहोस्, सक्नुहुन्न कम्तिमा मेरो जीवन रक्षाको लागी भगवानसँग प्रार्थना गरिदिनुहोस् । तपाइहरुको सानो सहयोगले मैले संसार हेर्न पाउनेछु । 
तपाइहरुले गर्नुभएको अमुल्य सहयोग म जीवनभर भुल्ने छैन । मैले जस्तो पिडा हजुरहरुले भोग्नु नपरोस्, भगवानसँग मेरो यहि प्रार्थना छ, अनुरोध छ ।
आदरणिय आमाबुवा, दिदिबहिनी, दाजुभाइ तथा मनकारी दानी सहयोगी महानुभावहरु सहयोग गर्न चाहानु हुन्छ भने  खाता नम्बर : ०३७२०००००५०५५२४ वैकअफ काठमाण्डौ,लुम्बिनी लिमिटेड
सम्पर्क नम्बर : ९८६०९८२३०५, ९६२११०८२२०, ९८६११३२६६८


0 comments

Write Down Your Responses