Powered by Blogger.
नेपाल एफएम प्रतिष्ठानमा नयाँ नेतृत्व,अध्यक्षमा ढकाल


काठमाडौ, २० फागुन । नेपाल पत्रकार महासंघ, नेपाल एफएम प्रतिष्ठान शाखामा वैकुण्ठ ढकालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । 

प्रतिष्ठान शाखाको छैटौँ बार्षिक साधारण सभा तथा चौँथो अधिवेशनबाट उपाध्यक्षद्वयमा शोभा घिमिरे र टोमा लामा, सचिवमा रघुनाथ बजगाँई, सह–सचिवद्वयमा इश्वरी बराल र सम्झना पौडेल, कोषाध्यक्षमा रामकुमार शाही निर्विरोध निर्वाचित भए ।

सदस्यहरुमा लक्ष्मी थापा (रिया),  निशा बास्कोटा, दिव्या दुलाल र सुरेन्द्र लामिछाने सर्वसम्मत चयन भए ।
यसैगरी, केन्द्रीय सभासदमा विनोद ढुङ्गेल, गोविन्द रोका (सचिन) र  सिर्जना खड्का चयन भए । 

यस्तै, प्रदेश सभासदमा तुलसा घिमिरे, संगम महत, दिपेन्द्र खड्का र सुमन थापामगर पनि निर्विरोध चयन भए । अधिवेशन उद्घाटनमा नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखाका संयोजक एवं केन्द्रीय सदस्य सुरज आचार्यले श्रमजीवि पत्रकाहरुहरुको शुद्धिकरण प्रतिष्ठान शाखाहरुबाटै हुनुपर्नेमा जोड दिए । 

नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रोशन पुरीले पनि न्युनतम पारिश्रमिक कार्यान्वयन हुनुपर्ने र नियमित हुनुपर्नेमा जोड दिए । 

प्रतिष्ठान शाखाका नवनिर्वाचित अध्यक्ष ढकालले व्यवसायिक मर्यादा कायम गराउने र श्रमजीवि पत्रकार हकहितका लागि क्रियाशील रहने प्रतिवद्धता ब्यक्त गरे । 

स्मरणीय रहोस् नवनिर्वाचित अध्यक्ष ढकाल मकवानपुर जिल्लाको पालुङ, सचिव बजगाँइ आग्रा र सदस्य सुरेन्द्र लामिछाने चित्लाङका हुनुहुन्छ । 



0 comments

Write Down Your Responses