Powered by Blogger.
पालुङमा नापी र मालपोत कार्यालयको सेवा विस्तार

जनक लामा
मकवानपुर,१९ फाल्गुन / मकवानपुरको उत्तरी क्षेत्रमा पालुङमा मालपोत र नापी कार्यालयको उद्घाटन गरिएको छ । नेपाल सरकार भूमी सुधार तथा व्यवस्थापन विभागका महानिर्देशक टिकाराम घिमिरेले आज एक कार्यक्रमको विचमा उद्घाटन गर्नु भएको हो ।
मालपोत कार्यालय शिखरकोटका कार्यालय प्रमुख सूर्य प्रसाद कोईरालाको सभाध्यक्षता भूमिसुधार तथा व्यवस्थापन विभाग बबरमहल काठमाण्डौ सुचना प्रविधि निर्देशक रामदत्त भट्ट, मालपोत कार्यालय हेटौडाका प्रमुख मालपोत अधिकृत मुक्तिनारायण भण्डारी , नापी कार्यालय हेटौडाका प्रमुख नापी अधिकृत सुवोध खनालको विशेष आतिथ्यतामा कार्यालयको उद्घाटन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा महानिर्देशक घिमिरेले सबै काम अनलाईनबाट हुने भएको सबै पारदर्शी र स्पष्ट रुपमा हुने भएकोले गाली र दोष भन्दा पनि प्रशंसा आउने गरेर काम गर्न सम्पूर्णलाई सुझाव दिए । साथै यस कार्यलाई नगरबासी लगायत वरपरकोले पनि साथ दिनपुर्ने उनले बताए । साथै विद्युतिय प्रणालीबाट काम हुने भएकोले कसैले पनि ढाँटीछलि काम गर्न नसक्ने भएकोले यस प्रविधिलाई अगाडी बढाईएको घिमिरेले बताए ।
अब जग्गा प्रशाशन सम्बन्धि सम्पूर्ण काम पालुङ शिखरकोटमा नै हुने भएकोले स्थानिय खुसी भएका छन ।  नापी कार्यालय शिखरकोटका प्रमुख त्रिलोचन निरौलाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रम नज क्षितिज कला केन्द्रका निर्देशक विजयश्याम अमात्यले सञ्चालन गर्नु भएको थियो ।
भूमिसुधार तथा व्यवस्थापन विभाग बबरमहल काठमाण्डौ सुचना प्रविधि निर्देशक रामदत्त भट्टले मालपोत र नापी कार्यालय गर्ने कार्यको पं्रसंसा गर्नु भएको थियो ।
कार्यक्रममा थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्री, स्थानिय समाजसेवि तथा जिल्ला सहकारी संघ मकवानपुर सञ्चालक समितिका कोषाध्यक्ष विमल कुमार ढकाल , नेकपा एमाले थाहा नगरका सचिव सुरेन्द्र मान प्रधान लगायतले मन्तव्य व्यक्त गरेका थिए । मलपोत र नापीबाट साविकको दामन, पालुङ, बज्रबाराही, टिष्टुङ, चित्लाङ, आग्रा लगायत १४ वडा गाविस लाभाम्वित हुनेछन ।

0 comments

Write Down Your Responses