Powered by Blogger.
थाहा नगरका नयाँ कार्यकारीलाई स्वागत, पुरानोलाई विदाई


पालुङ । लियो क्लब अफ पिस थाहा नगर र पालुङ जेसिजको संयुक्त आयोजनामा स्वागत तथा बिदाई कार्यक्रम आयोजना भएको छ । 

पालुङ जेसिजको सभाहलमा आयोजित कार्यक्रममा थाहा नगरपालिकाको कार्यालयका कार्यकारी अधिकृत भिमबहादुर परियार स्थानीय निकायको पुनर्संरचना भए लगत्तै नेपाल सरकारको निर्णय अनुसार बागमती गाउँपालिकामा सरुवा हुनुभएपछी उहाँको बिदाई साथसाथै थाहा नगरपालिकाको कार्यालयका नयाँ कार्यकारी प्रमुख जीवन आचार्य ज्युको स्वागत गरिएको हो ।

उक्त कार्यक्रममा हालसालै ईलाका प्रहरी कार्यालय पालुङमा सरुवा भइ आउनुभएका प्रहरी निरीक्षक बिरेन्द्र कुमार पास्वानलाई पनि स्वागत गरिएको थियो । 

कार्यक्रममा पालुङ जेसिजका पदाधिकारी , पुर्व अध्यक्ष , लियो क्लब अफ पिस थाहा नगरका पदाधिकारी , लायन्स क्लब अफ पिस थाहा नगरका पदाधिकारी लगायत विभिन्न संघसंस्थाका प्रमुख र प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा लियो क्लब अफ पिस थाहा नगरका अध्यक्ष अनित बिष्ट , लायन्स क्लब अफ पिस थाहा नगरका अध्यक्ष सुरेन्द्रमान प्रधान , थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्री , पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बिमल कुमार ढकाल , थाहा नगरपालिकाको कार्यालयबाट बिदाई हुनुभएका कार्यकारी अधिकृत भिम बहादुर परियार , थाहा नगरपालिकाको कार्यालयका नयाँ कार्यकारी प्रमुख जीवन आचार्य , पालुङ जेसिजका अध्यक्ष अन्जल प्रधान लगायतले मन्तव्य राख्नु भएको थियो ।



0 comments

Write Down Your Responses