Powered by Blogger.
असन्तुष्ट मधेशी दलहरुको जायज मागलाई बेवास्ता गरे, अतिवादी सोच भएकाहरुले फाईदा लिन सक्ने:उप–प्रधानमन्त्री थापा



हेटौंडा, १३ चैत्र । नेपाल सरकारका उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापालाई आज उनको गृह जिल्लामा स्वागत तथा सम्मान गरेको छ । वर्तमान सरकारमा उपप्रधान तथा स्थानीय विकास मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आईपुगेका मन्त्री थापालाई मकवानपुर उद्योग वाणिज्य संघले सम्मान गरेको हो ।
संघका अध्यक्ष राजकुमार न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा उपप्रधान मन्त्री थापाले बैशाखमा हुने स्थानीय निर्वाचन संविधान जारी पछिको पहिलो र २० बर्ष पछिको स्थानीय चुनाव भएकोले स्थानीय सरकार गठन गर्नका लागि सबैलाई चुनावमा सहभागि हुन आग्रह गर्नु भएको छ ।
उपप्रधानमन्त्री थापाले भन्नुभयो, राष्ट्र हितलाई ध्यानमा राखी हाल मधेश केन्द्रित दलहरुको भावनालाई पनि सम्बोधन गरेर सरकारले चुनाव गराउने तर्फ अघि बढेको धारणा व्यक्त गर्नु भएको छ । संविधान जारी गर्ने बेला देखि नै असन्तुष्ट मधेशी दलहरुको मागलाई बेवास्ता गरे, अतिवादी सोच भएकाहरुले फाईदा लिन सक्ने तर्फ सरकार चनाखो रहेको बताउनु भएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष राजकुमार न्यौपानेले हेटौंडा बजारको सडक विस्तारको विषयमा सरकारको तर्फबाट स्थानीयबासीहरुको पीडाप्रति सरकारको तर्फबाट पहल गरिदिन आग्रह गर्नु भएको थियो । यस सम्बन्धमा उपप्रधानमन्त्री थापाले सडक विस्तारको विषयमा स्थानीय नागरिकको भावनालाई कदर गरिने बताउनु भएको थियो । मन्त्री थापाले आफू देशको केन्द्रीय राजनीतिमा रहिरहनुमा मकवानपुरबासीकै हात रहेकोले बताउनु भएको थियो ।
संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालले समापन गर्नु भएको कार्यक्रममा संघका पदाधिकारी तथा सदस्य, स्थानीय व्यवसायी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम संघका सचिव दिवस पराजुलीले सञ्चालन गर्नु भएको थियो ।

0 comments

Write Down Your Responses