Powered by Blogger.
कुलदेवता ‘मस्टो’ पुकारेर भन्छु, निर्दोष नेपालीको हत्याको बदला भारतीयसंग लिनैपर्छः वरिष्ठ पत्रकार प्रेम कैदी


वरिष्ठ पत्रकार, साहित्यकार एवं माओवाद र संघीयताका प्रथम प्रचारक तथा स्वतन्त्र वाम वुद्धीजिवी प्रेम कैदीले गृहमन्त्री विमलेन्द्र निधी गद्दार भएकाले तत्काल अपदस्त गर्नुपर्ने बताउनुभएको छ ।

वरिष्ठ पत्रकार कैदीले कञ्चनपुरको आनन्द बजार स्थित खेतमा भारतीय सिमा सुरक्षा बलको गोलि प्रहारबाट निर्दोष नेपाली गोबिन्द गौतमको हत्या भएको भन्दै त्यस विरुद्ध सरकारले ‘एक्सन’ लिनुपर्नेमा बरु गृहमन्त्री निधि भारत पुगेर लम्पसार परेको भन्दै उनलाई गद्दारको संज्ञा दिनुभयो । 

राजधानीको रत्नपार्कमा सहिद गोबिन्द गौतमको हत्या भएको १३ दिनको सन्दर्भमा आयोजना गरिएको एक श्रद्धाञ्जली सभामा  प्रमुख वक्ताको हैसियतमा उहाँले त्यस्ता देशघाती गृहमन्त्रीलाई तत्काल बर्खास्त गर्न माग गर्नुभयो । 

२००८ सालमा भारतीय सेना नेपाल आएर  भीमदत्त पन्तको हत्या गरेको प्रसंग उठाँउदै कैदीले आफुहरु त्यसको बदला लिन पनि सडकमा आएको स्पष्ट पार्नुभयो । ‘देशभक्तीको लडाँइमा लागेकाहरुको पटक पटक भारतीयहरुले हत्या गरेका छन्, म मेरो कुलदेवता मस्ट पुकारेर भन्छु, हत्याको बदला लिनैपर्छ, त्यस्ता अपराधको हिसावकिताव नगरेसम्म हाम्रो मनले शान्ती पाँउदैन ।’

वरिष्ठ पत्रकार कैदीले संविधान संशोधनको प्रश्ताव दिल्लीकै इशारामा संसदमा दर्ता गरिएको भन्दै त्यसमा नेपालको वुद्धभूमि लुम्बीनी भारतले खोस्ने डिजाइन रहेको प्रष्ट गर्नुभयो ।  वर्तमान सन्दर्भमा राष्ट्रिय मुक्तिका लागि लड्ने संगिन मोड भएको भन्दैे सबै वाम नेताहरुदेखि पूर्वराजा ज्ञानेन्द्र सम्मलाई सडकमा आउन आव्हान गर्नुभयो ।
राष्ट्रभक्ति प्रति ऐक्यवद्धता दर्शाउन आफुहरुले जनजागरणका लागि यस्ता खाले कार्यक्रमहरु आयोजना गर्दै हिँडेको बताउँदै उहाँले भारतीय विस्तारवादी सेना सिमा क्षेत्रबाट तत्काल हटाउन माग गर्नुभयो । 

कार्यक्रममा पुर्व माननीय नानीमैया दाहालले देशलाई संकट परेको भन्दै अब सेना सचेततापुर्वक अघि बढ्नुपर्ने बताउनुभयो । 

त्यस्तै युवा समाजसेवी सुवासचन्द्र गिरी, अधिवक्ता विक्रम कुँवर, गायक पारुहाङ राई लगायतले पनि देशभक्तिको भाव पोखेका थिए । 



0 comments

Write Down Your Responses