Powered by Blogger.
फुटपाथ पसलले हेटौडा अस्तव्यस्त

रुपक कालिराज
मकवानपुर,१८ चैत्र  /  सुन्दर सफा शहरको सुचीमा रहेको मकवानपुरको हेटौडा शहर परिसरका सडकमा हिँडिनसक्नु भएको छ । कपडा, तरकारी, फलफुल लगायत पसलले फुटपाथ ढपक्कै ढाकेका छन  ।
भित्री शहरका साँघुरा सडक पैदल यात्री र सवारी साधनले भरिन्छ भने आवाज जावत गर्न कठिनाई त छदै छ । २५ मिटर फराकिलो बनाउने अभियान पश्चात फुटपाथ पसल झन मौलाइरहेको अवस्था छ ।
हेटौडा मुख्य चोकको राप्ती रोड, बुद्धचोक ,सिमाचोक कान्तिलोकपथ लगायत सडक पेटीहरुमा लामो समय देखि फुटपाथ पसल सञ्चालनमा छ । फुटपाथ पसललेले सँधैजसो कार्यालय समयमा पैदलयात्रीलाई दुःख दिने गरेका छन । साथै यस्ता पसलले शहरलाई कुरुप बनाइरहेको छ ।
 नगरपालिकाले आफ्नो जिम्मेवारी वहन गरेँ झै कडाईका साथ नियमलाई पालना गर्दै फुटपाथका पसलहरु केहिदिन त हटायो तर केहि समय पश्चात सडकमा पसल पुनः उतिकै देखिन्छन । हेटौडा उपमहानगरपालिकाले पटक पटक सुचना जारी तथा माइकिङ गर्र्दै हिडेता पनि फुटपाथ पसलेहरुले ढुङंगा हिड्दै छ पाइला मेट्दै भने झै गरि बसिरहेका छन ।
हेटौडा उपमहानगरपालिका ९ का भक्त वास्तोलाले भने ‘फुटपतमा व्यापार गर्नु आफैमा नियम विपरित कार्य भएको बताउछन् ’ । उनले भने हिड्नको लागि बनाएको बाटोमा व्यापार गर्नाले आन्तरिक राजस्व कार्यालयमा दर्ता गरेर व्यवसाय सञ्चालन गरेका व्यवसायिहरुलाई ठुलो मर्का पारेको छ ।  
त्यस्तै अर्का गोगने निवासी निर बहादुर सिन्तानले राज्यको कानुन फितलो भएको भन्दै यस तर्फ संम्बन्धीत निकायको ध्यान जानु जरुरी रहेको बताए । यस कार्यलाई वेवास्ता गरेको खण्डमा ठुलो दुर्घटना निम्तन सक्ने उनको ठम्याँईछ ।
यस्तै व्यवसायि इश्वर बहादुर कार्कीले भने “हामीले उ्रद्योग वाणिज्य संघ र नगरपालिकालाई भाडा तिर्दै आइरहेको छौँ तर फुटपाथ पसलले उपभोक्तालाई मनलाग्दि तरिकाले सामान बेच्नु्को साथै गुणस्तरहिन वस्तुहरु बेच्ने गरेको र भाडा पनि तिर्नु नपर्ने ” उनले थप ।  “उद्योग वाणिज्य संघ र नगरपालिकाको कार्य भएको भन्दै यस तर्फ चासो नदिएको प्रति आक्रोष व्यक्त गरे” ।
यता, हेटौडा उपमहानगरपालिका प्रवक्ता शंकर उपाध्यायको भनाई भने वेग्लै रहेको छ  उनले भने ‘हामीले मात्रै हटाउन सकेनौँ,‘ सडक विभाग ,स्थानीय र प्रहरीको साथ सबैको पहलमा मात्र फुटपाथ हटाउन सकिन्छ नत्र नसक्ने उनले बताए ।’ प्रवक्ता उपाध्यायले पनि फुटपाथ हटाउने जिम्मेवारी आफूहरुको भए पनि पूरा गर्न नसकेको स्विकारे । ‘ एकल प्रयासका कारण जिम्मेवारी पूरा गर्न सकेनौँं,’ उनले भने, ‘स्थानीय देखि सडक विभागको साथ पाए भने सजिलै सफल हुनेछौँ ं।
फुटपाथ हटाउने अभियानमा सँगै स्थानीय तहमा टोल सुधार गर्न बनेका टोललविकास संस्थाहरु पनि धेरै छन । ‘भित्री शहरको विकास र सुन्र्दतालाई जोगाउन हामी निरन्तर लागि परिरहेका छौँ भन्ने टोलविकास संस्था के गरिरहेको छ त ? टोल विकास संस्था पनि उतिकै महत्वपूर्ण भुमिका रहने भएता पनि यस तर्फ चासो भने देखाएका छैनन् ।
फुटपाथ पसलका कारण सडक अस्तव्यस्त बन्दै जाँदा सवारी साधन र पदैलयात्रीले सास्ती खेप्नु परेको भन्दै हेटौडा उपमहानपालिकाले सुचनामा फुटपाथ व्यवसायीलाई आफैं व्यवस्थित हुन आग्रह गरिरहेकोे छ ।
फुटपाथ पसलकै कारण सडक साँघुरिदा मकवानपुरको ट्राफिक व्यवस्थापनमा समेत समस्या आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख नविन कुमार अधिकारीे बताउन छन । “सवारी साधनको संख्या वृद्धिसँगै सडक साँघुरिदा ट्राफिक व्यवस्थापन असहज बन्दैछ,” अधिकारीले भने । उता जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता बामदेव गौतम भने नगरपालिकाले हटाउन आदेश दिएको खण्डमा तत्कालै हटाउने सकिने बताउछन् ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपोने भने ‘फुटपाथ व्यवस्थापनको जिम्मा  उद्योग वाणिज्य संघको नभई हेटौडा उप महा नगरपालिकाकोे हो । ’ यद्यपी सुन्दर र व्यवस्थित शहरका लागि फुटपाथ व्यवस्थापन तर्फ संघले पनि आवश्यक पहल गरिरहेको छ’ ।
फुटपाथ पसललाई व्यवस्थित नगरे सुन्दरशहर हेटौडाले आफ्नो परिचय नगुमाउला भन्न सकिन्न ।

0 comments

Write Down Your Responses