Powered by Blogger.
पत्रकार महासंघ मकवानपुरमा नयाँ कार्यसमितिलाई पद हस्तान्तरण

रुपक कालिराज
मकवानपुर,२१ फाल्गुन / नेपाल पत्रकार महासंघ मकवानपुरमा नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ । महासंघको दशौं अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई निवर्तमान कार्यसमितिले आज एक कार्यक्रमको आयोजना गरी पद हस्तान्तरण गरेको हो ।
कार्यक्रममा महासंघको निवर्तमान अध्यक्ष महेन्द्र श्रेष्ठले नवनिर्वाचित अध्यक्ष हरि हुँमागाईलाई महासंघको माइनोट हस्तान्तरण गर्दै पद हस्तान्तरण गर्नु भएकोे हो । 
पद हस्तान्तरणपछि आयोजित शुभकामना तथा वधाइ कार्यक्रममा बोल्ने वक्ताहरुले मकवानपुरकोे पत्रकारिता क्षेत्रको शिर सधैँ उच्च राख्न सबै पत्रकार र नयाँ कार्यसमितिले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने सुझावको साथै श्रमजिवि पत्रकारको हकहितको लागि कार्य गर्न आग्रह गरेका थिए । 
नवर्विाचित अध्यक्ष हरिहुमागाईले पदभार ग्रहण गर्दै मकवानपुरको पत्रकारिताको विकास र महासंघको गरिमालाई उच्च राख्न आफू सदैव लागि परिरहेन प्रतिवद्धता जनाउनु भएको थियो । 
महासंघका निवर्तमान अध्यक्ष महेन्द्र श्रेष्ठले पद हस्तान्तरण गर्दै नयाँ कार्य समितिलाई जुनसुकै वेला महासंघले सहयोग मागेको खण्डमा सहयोग गर्न तत्बर रहने प्रतिबद्धता व्याक्त गर्नुभयो । 
कार्यक्रममा पूर्व अध्यक्ष राममणी दाहाल, प्रताव विष्ट, भानुभक्त आचार्य, प्रेस न्यूनियन मकवानपुरका अध्यक्ष रुपेश दुलाल, प्रेस चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दाहाल लगायत अन्य सञ्चार संगठनका प्रमुख तथा प्रतिनिधिहरुले नयाँ कार्यसमितिलाई वधाइ दिनु भएको थियो । 
महासंघको निवर्तमान अध्यक्ष महेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व कार्य समितिका सदस्यहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । 

0 comments

Write Down Your Responses