Powered by Blogger.
निमार्ण सामाग्री व्यावसायी संघ मकवानपुरको अध्यक्षमा नेपाल


मकवानपुर,२१ फाल्गुन   निमार्ण सामाग्री व्यावसायी संघ मकवानपुरको सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन आज सम्पन्न भएको छ ।  निमार्ण सामाग्री व्यावसायी संघ मकवानपुरका अध्यक्ष मनोज जालान को सभाध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष कृष्णराम न्यौपानेको प्रमुख आथित्यतामा भएको हो ।
कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०७२÷०७३ को आर्थिक प्रतिवदेन र आर्थिक वर्ष सम्म गरेका कार्यप्रगति विवरण संस्थाका सचिव रवि नेपालले प्रस्तुत गर्नु भएको थियो । सो कार्यक्रममा रिपोर्टस क्ललका अध्यक्ष सविन न्यौपाने,संस्थाका सल्लाहकार धिरेन्द्र शाक्य लगानयकोे मन्तव्य व्यक्त गर्नु भएको थियो ।

यस्तै चौथो अधिवेशनले रवि नेपाललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको छ । संस्थाको उपाध्यक्षमा बालकृष्ण बजगाई, सचिव सदिप सापकोटा, कोषाध्यक्षमा हरिकुमार अग्रवाल, सह—सचिवमा विष्णु प्रसाद भट्ट र्निविरोध निर्वाचित हुनु भएको हो । सदस्यहरुमा स्वयम्भु शाक्य, नारायण प्रसाद वर्तौला, प्रमोद वाक्ले, दिपक कुमार मिश्र, पुरुषेतम पौडेल निर्वाचित भएका छन ।

0 comments

Write Down Your Responses