Powered by Blogger.
संघद्वारा पत्रकार महासंघ मकवानपुरका नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान

रुपक कालिराज
मकवानपुर,२२ फाल्गुन / नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका नवनिर्वाचित अध्यक्ष तथा सम्पूर्ण पदाधिकारीहरुलाई निमार्ण व्यवसायी संघ मकवानपुरले स्वागत तथा सम्मान गरेको छ । संघको सभाहलमा एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित पदाधिकारीहरुलाई दोसल्ला ओडाएर सम्मान तथा बधाई दिएको हो । 
संघको अध्यक्ष आनन्दराम पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा संघका सल्लाहकार भुवनलाल श्रेष्ठले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदँै पछिल्ला समय राजनितिक समचारलाई पहिलो प्राथामिकता दिर्दै आएको भन्दै विकास निमार्णका समाचारलाई पहिलो प्राथामिकता दिई समाचार प्रवाह गर्नको लागि आग्रह समेत गर्नुभयो । 
 त्यस्तै अध्यक्ष आनन्दराम पराजुलीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै पत्रकार महासंघ मकवानपरसँग विगत देखि सहकार्य गर्दै आइरहेको बताउदै अबका दिनमा पनि निमार्ण व्यवसायी संघ मकवानपुर एक आपसमा सहकार्य गर्दै जान तयार रहेको बताउनु भयो ।
उहाँले बर्षाको वेलामा विकासका कार्य गर्ने परिपाटि रहेको बताउदै पत्रकारको कलमबाट त्यस कार्यलाई रोक्नको लागि अहम भुमिका खेल्नको लागि आग्रह गर्दैै विकास निमार्णका कार्यलाई पनि उतिकै स्थान दिई समाचार प्रवाह गर्नको लागि जोड दिनुभयो । 
पत्रकार महासघका नवनिर्वाचित अध्यक्ष हरि हुमागाईले संघसँग सहकार्य गर्दै जाने बताउदै सहि कार्य गर्ने संघसंस्थाको लागि महासंघ जहिले साथमा रहेको र नराम्रा कार्य गर्ने विरुद्ध महासंघ पछि नहट्ने बताउनु भयो । 
सो कार्यक्रममा संघका पदाधिकारी, तथा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । 

0 comments

Write Down Your Responses