Powered by Blogger.
मकवानपुरबाट १३२ किलो चरेश र ६२ किलो गाँजासहित तीन जना पक्राउ

मकवानपुर,२२  फागुन /   हेटौंडा उपमहानगरपालिका–१७ रातोमाटेबाट प्रहरीले ठूलो परिणामको चरेश र गाँजा बरामद गरेको छ ।
भारत निकासी गर्ने क्रममा बिआर २९ बि ७१४१ नम्बरको जीपमा राखेर निकासी गर्न लागेको एक सय ३२ किलो चरेश र ६२ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बसन्तकुमार लामाले बताउनुभयो ।
गाँजा र चरेशसहित दुईवटा भारतीय नम्बर प्लेटको गाडी समेत बराद गरेको लामाले बताउनुभयो । पक्राउ पर्नेमा भारत मोतीहारीका ३० वर्षका मेराज साह र २६ वर्षका मिथलेश शहनी रहेका छन ।
यसैगरी धादिङबाट भारत तर्फ निकासी गर्न लागिएको ६२ किलो गाँजासहित अर्का एक जनालाई प्रहरीले रातोमाटेबाटै पक्राउ गरेको छ ।
बिआर ०७ जी ५३४० नम्बरको भारतीय नम्बर प्लेटको ट्रकमा राखेर निकासी गर्न लागिएको गाँजासहित भारत मोतीहारी सुगौली– १० का २८ वर्षका मनोजकुमार यादबलाई प्रहरीले पक्राउ गरेको हो ।

0 comments

Write Down Your Responses