Powered by Blogger.
नेपाल भारत पारबहन सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न

हेटौंडा, २५ फागुन / मकवानपुर उद्योग वाणिज्य संघ र उद्योग संघ मकवानपुरको संयुक्त आयोजनामा नेपाल भारत पारबहन सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । भारत कोलकाताका लागि नेपालका महावाणिज्यदुत एकनारायण अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मकवानपुरका उद्योगीहरुले भारतबाट आयात गर्ने क्रममा आएका समस्याको बारेमा छलफल गरेका थिए ।
 संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महावाणिज्यदुत अर्यालले आज आएका समस्यालाई आफूले सरकारी तबरबाट निकास खोज्ने बताउनु भएको थियो । पारवहन विषयमा महावाणिज्यदुत स्तरीय छलफल कार्यक्रम १६ बर्ष पछि यस क्षेत्रमा भएको सहभागीहरुले बताएका छन् । छलफल कार्यक्रममा जिल्लाका उद्योगी व्यवसायी लगायत संघका पदाधिकारी, सदस्य, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । 

0 comments

Write Down Your Responses