Powered by Blogger.
मउवा संघद्वारा पत्रकार महासंघ, मकवानपुरका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान

हेटौंडा, २५ फाल्गुन । मकवानपुर उद्योग वाणिज्य संघले आज एक कार्यक्रम गरी पत्रकार महासंघ, मकवानपुरका नवनिर्वाचित महासंघका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको छ । 
संघको सभा हलमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष हरि प्रसाद हुमागाईं सहित महासंघका पदाधिकारी तथा सदस्यहरु, केन्द्रीय पार्षदहरुको समेत उपस्थिति रहेको थियो । 
कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष राजकुमार न्यौपानेले पत्रकारिताकै माध्यमले निजी क्षेत्रले उत्पादन गरेका वस्तुहरुको बजारीकरणमा सघाउ पु¥याउने हुनाले अहिलेकै जस्तै यस तर्फ आगामी दिनमा समेत सहयोग पाउने अपेक्षा रहेको बताउनु खभएको छ । 
संघको तर्फबाट गर्न सक्ने पहल आफूले गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रममा महासंघका अध्यक्ष हुमागाईले मकवानपुरका पत्रकारले निजी क्षेत्रलाई साथमा राखेर अघि बढी रहेको बताउनु भएको थियो । 
संघका पदाधिकारी, सदस्यहरु समेत उपस्थिति रहेको सम्मान कार्यक्रममा संघका महासचिव महेन्द्र राउत, महासंघका केन्द्रीय पार्षद भानुभक्त आचार्य लगायतले पनि आफ्नो मन्तब्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम संघका सचिव दिबस पराजुलीले सञ्चालन गर्नु भएको थियो । 

0 comments

Write Down Your Responses