Powered by Blogger.
होलीको रौनक हेटौडामा यस्तो देखियो (फोटोसहित)

मकवानपुर, २९ फाल्गुन /  थरीथरी रङ्गको उल्लासमय पर्व होलीको रौनक मकवानपुर सहित आसपासका मुख्य चोकहरुमा आइतबार बिहानैदेखि सुरु भएको हो । हरेक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङको पर्व होली साथीभाइबीच एकापसमा रङ लगाएर होलीपर्व मनाइएको हो । 
आपसी हार्दिकता र भ्रातृत्वको यो पर्वमा रङ्गको माध्यमबाट सर्वसाधारणहरु आत्मीयता साटासाट गरि मनाएका छन  । बालबालिकादेखि अधबैंसेसम्म टोल छिमेकका साथै सडक र चौकमा भेला भई आपसमा रङ्ग र अबीर लगाउँदै शुभकामना आदानप्रदान गरी फागुपूर्णिमा मनाइएको छ । मकवानपुरको हेटौडा स्कुलरोडमा सामूहिक रुपमा होली मनाउनेहरुको लर्को थामिनसक्नुको रहेको थियो । 
मकवानपुर उत्तरी भेगको थाहानगरपालिकाको विभिन्न चोक समेत भव्य मनाएको छ । 
















0 comments

Write Down Your Responses