चट्याङले क्षति पुर्याएपछि रेडियो राजमार्गको प्रसारण अवरुद्द
चट्याङका कारण रेडियोको उपकरण सहित विधुतिय उपकरणमा क्षति पुगेको छ । चट्याङका कारण अनुमानित ५ लाख भन्दा बढि रुपैँयाको सामानमा क्षति पुगेको स्टेसन म्यानेजर आशिष ठकुरीले जानकारी गराउनु भएको छ । थप क्षतिको विवरण भने आईतबार सँकलन हुने जनाईएको छ ।
चट्याङ पछि विद्युतको मिटर बक्स सहित रेडियोको अन्य उपकरणमा आगो लागेको र तत्काल निभाईएकाले घर भने आगो लाग्नबाट जोगिएको छ । २०६८ सालमा स्थापना भएको रेडियोको प्रसारण केन्द्रमा यस अघि पनि २ पटक चट्याङ परिसकेको छ ।
0 comments
Write Down Your Responses