Powered by Blogger.
अनुगमन थाले पछि हेटौडाका व्यावसायीको भागभाग

मकवानपुर, २ चैत्र / जिल्ला प्रशासन कार्यालय, क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय र उपभोक्ता मञ्चको संयुक्त टोलीले आज विश्व उपभोत्ता दिवसको अवसर पारि हेटौंडा बजारका होटल,खाद्यान्न तथा लत्ताकपडा पसलको अनुगमन गरेको छ । 
अनुगमनका क्रममा म्याद सकिएका खाद्य पदार्थ, फोहोर लगायतका कमी कमजोरी भेटिएको थियो । अनुगमनको क्रममा होटेलमा देखिएका भान्सा घरलाई एक पटकका लागि सफा गर्न सचेत गराएको छ । हेटौंडा बजारमा रहेका होटल, थकाली किचेन, सामना होटेल लगायतस्थानिय साना खाजा नास्ता पसलहरुको अनुगमन गरेको हो ।
कुनै वस्तु वा सेवा प्रदायकले उपभोक्ता हितविरुद्धका व्यापारिक गतिविधि नगरून् भन्ने उद्देश्यले अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरि बहादुर पन्तले बताउनु भएको छ । होटेल यसोसियसन मकवानपुर अध्यक्ष भगिरत शर्माले भान्सा सफा र स्वस्थ्यकर रहनुपर्ने र यसका लागि कञ्चको समेत  दायित्व रहेकोले अनुगमनमासंघको तर्फबाट आफ्नो सहभागिता रहेको बताउनु भएकोछ ।
 अनुगमनका क्रममा नारायणी महलमा अधिकाँस पसलहरुमा प्यान तथा  भ्याट विल बिना खरिद विक्रि गरिरहेको, मुल्य सुचि समेत नराखिएको भेटिए पश्चात सहायक प्रमुख जिल्ला अधिकारी हरि बहादुर पन्तले ताला वन्दि लाउन समेत पछि नपर्ने बताए सँगै महलको माथिल्लो तल्लाको व्यवसायिहरु सरकारी अनुगमन टोली आएको भन्ने थाहा पाउन साथ सटरहरु वन्द गरि व्यवसायीहरु भागाभाग भएको थिए ।
 पुनः अनुगमन आउदा समेत  सोहि अवस्थामा भेटिएको खण्डमा ताला लगाउने चेतवानी समेत दिनु भएको थियो । जिल्ला संमन्वय समितिका सहायक प्रमुख जिल्ला अधिकारी हरि बहादुर पन्त , उपभोक्ता हित संरक्षण मञ्च मकवानपुर अध्यक्ष वासु खतिवडा , क्षेत्रिय खाद्य तथा गुण नियन्त्रण कार्यालय मकवानपुरका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत राजकुमार रिजाल र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।


0 comments

Write Down Your Responses