Powered by Blogger.
मकवानपुरको गोगनेमा एक सातादेखि विद्युत अवरुद्ध

मकवानपुर,३ चैत्र /हावाहुरीले विद्युत्तको पोल ढालेपछि मकवानपुरको गोगने गाविसमा विद्युत्विहीन भएका छन् । हावाहुरीले काठको पोल ढालेपछि गोगने गाविसको वडा १, २ ,४ ,७ ,८ र ९ वडामा विद्युत्तविहीन भएका हुन् ।
एक साता अघि आएको हावाहुरीले अधिकांश काठे पोल ढालेका छन् ।  गाउँ रातमा अन्धकार हुनुको साथै विद्युत्तको अभावमा कुटानीपिसानी,मोवाइल चार्ज,टेलिभिजन हेर्न नपाएको गोगनेका स्थानिय राम सरण विष्टले जानकारी दिनु भयो ।
 गाउँमा विद्युत् नभएपछि नमस्ते,एनसेल,स्मार्ट,स्काइलगायत फोनको टावर सञ्चालन भएको छैन । हावाहुरी आएपछि विद्युत् अवद्ध हुँदा स्थानीय मर्कामा परेका छन् ।

स्थानियले पटक पटक विद्युत मर्मत गर्न भनिएता पनि मर्मत कार्या ढिला गरेको भन्दै स्थानियले आक्रोस पोखेका छन भने उता नेपाल विद्युत प्राधिकरण पालुङ शाखाका प्रमुख शिव प्रसाद नेपालले विद्युत्तको मेन लाइनकै पोल ढलेकाले मर्मत लागि केहि समय लागेको बताउनु भयो ।
जनताको समस्या बुझेको बताउदै मर्मत कार्य तर्फ अहोरात खटिरहेको भन्दै भोलिबाट विद्युत प्रसारण हुने बताउनु भयो ।

0 comments

Write Down Your Responses