Powered by Blogger.
नेपाल उपभोक्ता महिला बालबालिका संरक्षण समुह मकवानपुरको अध्यक्षमा कडेंल

मकवानपुर,१५ चैत्र / नेपाल उपभोक्ता महिला बालबालिका संरक्षण समुह मकवानपुरको कार्य समिति गठन भएको छ । सपना कडेँलको अध्यक्षतामा ९ कार्य समिति निर्माण गरीएको हो । जसमा उपाक्ष्यक्षमा गमला बोहोरा, सचिवमा मनोज देवकोटा ,सह –सचिवमा अर्जुन सञ्जेल,कोषाक्ष्यक्षमा राज काफ्ले ,सदस्यहरुमा सलिना ढुृङगेल, रितिका दाहाल , कृति नेपाल ,अषेश ढुङ्गाना  चयन भएका हुन् । 
सपना कडेँलको सभाध्यक्षता तथा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद शर्मा दुवाडिको प्रमुख आथित्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा विशिष्ठ अथिति नेपाल उपभोक्ता महिला वालवालिका संरक्षण समुहका केल्द्रीय अध्यक्ष अप्सरा कोईराला ,महा–सचिव शिवराज खनाल ,अथितिहरुमा हेटौंडा उप–महानगरपालिकाका सामाजिक विकास अधिकृत भिम प्रसाद तिमल्सीना ,क्षेत्रिय खाध्य प्रवृद्धि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख राजकुमार रिजाल ,नेपाल हृदय रोग निवारण प्रतिष्ठान मकवानपुरका सभापति हरी वंश भेटवाल लगाएतको उपस्थिति रहेको थियो ।

0 comments

Write Down Your Responses