Powered by Blogger.
एमाले थाहानगर कमिटिको संयोजकमा ढकाल



पालुङ । नेकपा एमाले थाहानगर कमिटिको संयोजकमा विष्णुप्रसाद ढकाल चयन भएका छन् । 

मुलुक पुर्नसंरचना भए पश्चात् एमालेले पनि नयाँ संरचनामा कमिटि बनाएको हो । थाहानगरको थानाबजारमा भएको एमालेको वृहत्त भेलाले ढकाललाई अध्यक्षमा चयन गरेको हो । 

यस्तै भेलाबाट बुद्धरत्न मानन्धर सहसंयोजकमा चयन भएका छन् । त्यसैगरी यसअघि क्षेत्रिय कमिटिमा रहेका थाहानगर सम्पूर्ण पदाअधिकारीहरु, साविकका गाउँ तथा वडा अध्यक्ष तथा पदाधिकारीहरु, साविक थाहानगर कमिटि तथा सचिवालय सदस्यहरु वृहत्त थाहानगर कमिटिमा रहेको   छन् । 

यस अघि साविक दामन, पालुङ र बज्रवाराही गाविस समेटिएको थाहानगर कमिटिमा अहिले आग्रा, टिष्टुङ र चित्लाङ एकीकृत भएको छ ।

0 comments

Write Down Your Responses