Powered by Blogger.
नारी सिप सिर्जना केन्द्रको जिल्ला स्तरिय दोस्रो समिक्षा वैठक सकियो

मकवानपुर, १७ चैत्र ÷ नारी सिप सिर्जना केन्द्रको आयोजनामा जिल्ला स्तरिय दोस्रो समिक्षा वैठक तथा फिडव्याक मेकानिजम ४ दिने तालिम सम्पन्न भएको छ ।
हेटौडामा भएको तालिममा मकवानपुरका साविक ९ वटा गाविसका ३० जना सामाजिक परिचालकहरुको सहभागि थियो । सो तालिममा एल क्यू ए एस सम्बन्धी प्रशिक्षण गराएको थियो भने तालिमको सहजीकरण एल क्यू ए एस मास्टर प्रशिक्षक प्रदिप अधिकारी,सहायक धनाकुमारी सिङले गर्नु भएको थियो ।
 तालिम पश्चात मकवानपुरमा मानव बेचबिखन,आर्थिक र शैक्षिक अवस्थाको विश्लेशन गर्नको टेवा पु¥याउने उद्देश्यले तालिमको आयोजना गरेको विकासका लागि सञ्चार परियोजना अधिकृत मानबहादुर वाईवाले जानकारी दिनु भयो । यूनिसेफको आर्थिक तथा प्राविधक सहयोग, एटवीन (बबतधष्ल ० कोे सहकार्यमा कार्यक्रम भएको हो ।

0 comments

Write Down Your Responses