Powered by Blogger.
सञ्चारकर्मी र सहकारी अभियान्ताबीच अन्रक्रिया

मकवानपुर, १७ चैत्र ÷ ६० औं राष्ट्रिय सहकारी दिवसको पूर्वसन्ध्यामा सञ्चारकर्मी र सहकारी अभियान्ताबीच आज बिहीबार हेटाँैडामा अन्तरक्रिया भएको छ ।  सहकारी संस्थाद्वारा सञ्चालित शक्ति एफएम र रेडियो पालुङको आयोजनामा भएको कार्यक्रममा सहभागी सहकारी अभियान्ताहरुले सहकारिको गतिबिधिलाई सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । 
कार्यक्रमका प्रमुख अतिथि नेपाल सञ्चार सहकारी संघका केन्द्रीय अध्यक्ष विष्णुहरी ढकालले सहकारीहरुले सहकारी अन्तर्गतका सञ्चारमाध्यमहरुलाई प्राथमिकतामा राखी आर्थिक,सूचना तथा कार्यक्रम उत्पादन तथा प्रशारणमा सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रमा बिशिष्ट अतिथि दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय अध्यक्ष नारायणप्रसाद देवकोटाले सञ्चारमाध्यमद्वारा सहकारीका अभियान्ताहरुलाई सूसुचित गरी समाजमा शुसासन कायम राख्न सहयोग गर्नुपर्ने बताउनुभयो । साथै त्यस्ता कार्यक्रमहरु उत्पादन गरी प्रशारण गर्न संघको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । 
डिभिजन सहकारी कार्यालय प्रमुख तिकलराम पोख्रेलले मकवानपुरमा सहकारी संस्था र डिभिजन कार्यालयको सम्बन्ध अत्यन्तै राम्रो भएपनि सञ्चारमाध्यमसँगको सम्बन्ध भने सुदृढ हुन नसकेको र यो दुरी मेटाउन सहकारी संस्था र सञ्चारमाध्यमसँगको समन्वय भूमिकामा डिभिजन सहकारी सधैँ अगाढी बढ्ने बताउनुभयो । शक्ति एफएमका अध्यक्ष सपना कँडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा पत्रकार सुनिल गौतम,सहकारीकर्मीहरु दिपक खड्का,साबित्री पराजुली लगायतले बोल्नुभएको थियो । 
कार्यक्रममा डिभिजन सहकारीका प्रमुख तिलक राम पोखरेल,दुग्द्य सहकारी संघको केन्द्रिय अध्यक्ष नारायण प्रसाद देवकोटा,पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई,जिल्ला बचत तथा जडिवुटि सहकारी संघकी अध्यक्ष राधा सिन्तान, नारायाणी बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष रामचन्द्र दहाल लगायतको आथित्यता रहेको थियो ।

0 comments

Write Down Your Responses