Powered by Blogger.
एकता र लोकतन्त्रको अभियानलाई कसैले पनि रोक्न नसक्ने : ओली

मकवानपुर,२७ फाल्गुन /  स्वाधिनता,स्वाभिमान,निमार्ण,एकता र लोकतन्त्रको अभियानलाई कसैले पनि रोक्न नसक्ने बताउनु भयो । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले आज मकवानपुरको हेटौडामा भएको मेची महाकाली राष्ट्रिय अभियान अन्र्तगतको वृहत सभालाई सम्वोधन गर्दै ओलीले मेचि महाकाली अभियान एमालेको मात्र नभई राष्ट्रकै अभियान भएको बताउनु भयो ।

ओलीले नेपाली जनताको अभियान ,राष्ट्रियताको पक्षको अभियान भएको बताउदै यस अभियानलाई सफलपूर्वक सम्पन्न गर्नको लागि सबैले साथ दिनु पर्नेमा जोड दिनु भयो । उहाँले ४ जनाको ज्यान जानु दुखत भएको र यस कार्य प्रति आपती जनाउनु भयो । एक जानको पनि ज्यान जानु उचित नभएको भन्दै यस्ता कार्यलाई एमालेले स्वकार्य नगर्ने बताउनु भयो ।
अभियान शान्ति पूर्ण तरिकाले लान खोज्दा अराजक तत्वहरुले लासको राजनितिक गर्न खोजेकाले उक्त घट्ना भएको बताउनु भयो । सरकारले सुरक्षा प्रदान गरेको जस्तो गरि हामीलाई चौतर्फी घेरावन्दीमा परि मेचि महाकाली अभियान असफल बनाउन लागि परेको बताउनु भयो ।
कञ्चनपुरमा भएको घट्ना प्रति आक्रोस व्यक्त गर्दै मित्रताको नाम भारतीय पक्षबाट भएको ज्याजती प्रति आपती जनाउनु भयो । ओलीले अहिलेको समयमा एकदुई जना नेता मारिए पनि राष्ट्रियताको अभियान कुनैपनि हालतमा कमजोर नहुने बताउदै अभियानलाई देशकै राष्ट्रहित माथि प्रश्न चिन्ह खडा गर्ने माथि नेकपा एमाले कुनै पनि हालतमा पछि नहट्ने र राष्ट्रियताको रक्षाको निम्ति ज्यान दिन तयार रहन समेत पछि नपर्ने बताउनु भयो ।



0 comments

Write Down Your Responses