Powered by Blogger.
वस्तीपुर जेसीसद्धारा आशा विशेष पाठशालालाई नगद सहित खाद्यान्न सहयोग


मकवानपुर, २९ फाल्गुन वस्तीपुर जेसीसले छैटौ स्थापना दिवस मनाएको छ । हेटौडेली परिवारद्धारा सञ्चालित हेटौडा ६ गौरीटारमा रहेको आशा विशेष पाठशाला तथा पुनःस्थापना केन्द्रलाई नगद सहित खाद्यान्न सहयोग गरि मनाएको हो ।
      एक कार्यक्रमको आयोजना वस्तीपुर जेसीसका संस्थापक अध्यक्ष गणेश भेटवालले नगद रु ५ हजार र खाद्यान्न केन्द्रकी अध्यक्ष रुपा कार्कीलाई हस्तान्तरण गर्नुभएको थियो ।
पत्रकार महासंघ मकवानपुरको नवनिर्वाचित कार्यसमितिलाई सम्मान तथा बधाई
 जेसिजले नेपाल पत्रकार महासंघ मकवानपुरको नवनिर्वा्चित कार्यसमिति, प्रदेश पार्षद तथा केन्द्रीय पार्षदको टिमलाई आज शनिवार स्वागत तथा सम्मान गरेको छ । जेसिजले विजयी टिमलाई फुलमाला लगाएर सम्मान गरेको हो । 
कार्यक्रममा पत्रकार महाँसंघ मकवानपुरका नवनिर्वाचित अध्यक्ष हरि हुमागाँईले जेसिजले गरेको सामाजिक कार्यको प्रसंसा गर्दै आगामी दिनमा जेसिज र प्रत्रकार महासंघ हातेमालो गर्दै जाने बताउनु भयो । सामाजिक कार्यमा स्थानिय संचारमाध्यमले सदैब सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

 संस्थापक अध्यक्ष गणेश प्रसाद भेटवालको प्रमुख आतिथ्यता तथा  बस्तीपुर जेसिसका अध्यक्ष पुस्कर न्यौपानेको अध्यक्षमा भएको सम्मान कार्यक्रममा  बस्तीपुर जेसिसका सल्लाहकार रामणी बर्तौला,कृष्ण राइ,खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष वालकृष्ण चौलागाई,जनप्रिय बहुमुखी क्याम्पसका प्रमुख विजय नेपाल,हेटौडेली परिवारद्धारा सञ्चालिन आशा स्कुलका अभियन्ता एैना बार्का लगायतको आत्थ्यिता रहेको थियो । 

0 comments

Write Down Your Responses