Powered by Blogger.
नयाँ वर्षमा नोजाको शुभकामना आदान प्रदान सम्पन्न


काठमाडौँ, २ बैशाख  । नयाँ वर्षको अवसरमा राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा) ले विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । राजधानीमा शुक्रबार्र  भव्य कार्यक्रमकाबीच शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरको हो ।

कार्यक्रममा  राष्ट्रिय अनलाईन पत्रकार संघका अध्यक्ष  मुकुन्द ढुंगाना, प्रमुख अतिथि पूर्व मन्त्री लालबाबु पण्डित, विशेष अतिथिहरु डाइनिंग पार्क रेस्टुरेन्ट एंड बारका संचालक राजेन्द्र त्रिपाठी , नेविसंघका अध्यक्ष नैनसिंह महर ,पर्यटनविद् दिपक महत ,बरिष्ठ अधिबक्ता बोर्ण बहादुर कार्की ,नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य राजेन्द्र सापकोटा , नेपाल उद्योग बाणिज्य महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य रामशरण थपलिया ,  शिक्षविद् भवानी प्रसाद पौडेल, ग्रिनसिटि हस्पिटलका अध्यक्ष लोकबहादुर टन्डन , ओंलनेस हस्पिटलका अध्यक्ष सृजना शर्मा , नेपाल केवल टेलिभिजन महासंघका कार्यकारी निर्देशक राधेश्याम लेकाली, कलाकार सुष्मा कार्की सहित पत्रकार तथा विशिष्ट व्यक्तिहरुले आ आफ्नो परिचय सहित सुभकामना आदानप्रदान गर्नुभएको  थियो । कार्यक्रममा बोल्दै  प्रमुख अतिथी पण्डितले २०७३ मा संविधान जारी भएपनि त्यसको कार्यान्वयन नयाँ वर्षमा हुने बताए।

उनले गत वर्ष पुरा हुन नसकेका काम नयाँ जोस र उत्साहका साथ नयाँ वर्षमा पुरा हुने कामना पनि गरे । देशमा भईरहेको समस्या समाधानको बाटो देखाएर नयाँ वर्षले हरेक नेपालीको चाहना पुरा गरोस् भन्दै त्यसका लागि सबै राजनीतिक दललाई एक ढिक्का भएर लाग्न आग्रह गरे।

त्यस्तै राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा) का अध्यक्ष मुकुन्द ढुंगानाले जथाभाबी खुलेका अनलाइनलाई सरकारको नियमावली अनुसार चलाउन र यसको नेतृत्व राष्ट्रिय अनलाईन पत्रकार संघले गर्नुपर्ने समेत बताउनुभयो । 




0 comments

Write Down Your Responses