Powered by Blogger.
गजल मञ्च मकवानपुरको अध्यक्षमा गजलकार तिवारी

मकवानपुर, २ बैशाख / गजल मञ्च मकवानपुरको दोस्रो अधिवेसन तथा १३३ औँ गजल यात्रा एवम् श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष यस लामाको सभाध्यक्षता तथा साहित्कार निमेश निखिलको प्रमुख आथित्यतामा भएको थियो । 
कार्यक्रममा मकवानपुरे व्याङग्यकार आ.सि रिजाल, साहित्य संगम मकवानपुर अध्यक्ष सुवास खनाल, झरना साहित्य समाज मकवानपुरका अध्यक्ष दिपक गौतम, साहित्कारहरु देवराज खरेल, रमेश रसिक, प्रमेन्द्र महर्जन लगायतको आथित्यता रहेको थियो । 
सोहि अवसरमा गजल मञ्च मकवानपुरले मकवानपुरे गजलकार अनिल न्यौपाने मनको “आँखा” लाई सम्मान समेत गरेको थियो भने नियमित गजल यात्रा अन्तर्गत मकवानपुरका कवि तथा कवियात्रीहरुले गजल वाचन गरेका थिए ।
 यसैविच दोस्रो अधिवेशनले गजल मञ्च मकजानपुको अध्यक्षमा गजलकार देवराज तिवारी चयन गरेको छ  । तिवारीको अध्यक्षमा ९ सदस्यीय कार्यसमिति गठन भएको छ । मञ्चको उपाध्यक्षमा सी.यम रिमाल , सचिवमा केशव सर्मपण ,सह सचिवमा विशाल अधिकारी , कोषाध्यक्षमा मनु रेग्मी (आशा)  सदस्यहरुमा देवराज लामिछाने, बालकृष्ण दाहाल सार्थक, उत्सव अर्याल र सञ्जित श्रेष्ठ रहेका छन् ।

0 comments

Write Down Your Responses