Powered by Blogger.
आज नयाँवर्ष २०७४ को पहिलो दिन, हर्षोल्लासपूर्वक मनाउँदै

मकवानपुर, १ बैशाख / आजदेखि २०७३ विदा गरि नयाँबर्ष वि.सं २०७४ आजदेख सुरु भएको छ । नयाँ बर्षका अवसरमा स्वदेश तथा विदेशमा बस्ने नेपालीहरुले विषेश कार्यक्रम गर्दैछन । नयाँवर्षको स्वागतमा देशभर विभिन्न कार्यक्रमहरू भइरहेका छन् ।
मुख्य–मुख्य शहरमा आन्तरिक पर्यटकहरुको घुइचो लागेको छ । सुख, शान्ति, समृद्धिको कामना गर्दै एक आपसमा शुभकामना आदानप्रदान गर्ने क्रम पनि चलिरहेको छ । विभिन्न पर्यटकीयस्थलहरूमा चहलपहल बढिरहेको छ ।

 देश विदेशमा रहेका नेपालीहरू सुख, शान्ति र समृद्धिको कामना गर्दै आपसमा भेटघाट र रमाइलो गरी नयाँ वर्ष मनाइरहेका छन् । विगतमा भएका कमी कमजोरीको समीक्षा गर्दै आगामी योजना बनाउने, नयाँ नयाँ कामको थालनी गर्ने दिनका रूपमा नयाँवर्ष मनाउने परम्परा छ ।
नयाँ वर्षको अवसर पारेर विभिन्न राजनीतिक दल, संघसङ्गठनहरुले आज औपचारिक तथा अनौपचारिक कार्यक्रम गरेर शुभकामना आदानप्रदान गर्दैछन् । केही वर्ष यता नयाँ वर्षलाई विशेष महत्वकासाथ मनाउने क्रम बढ्दै गएको छ ।

0 comments

Write Down Your Responses