Powered by Blogger.
आज गुड फ्राइडे : प्रभु येशुको बलिदान दिवस ,इसाई धर्मालम्बिहरुले विभिन्न कार्यक्रम गरि मनाउदै

हेटौडा, १ बैशाख ÷ नेपालमा पछिल्लो समयमा सहरतिर निकै प्रचलनमा आएको नयाँ पर्व हो गुड फ्राइडे । विशेषगरी युवापुस्ताले यसलाई मनाउन थालेका छन् । हप्ताभरी दौडधुपको भारले च्यापिएका सहरीयाहरुले साथीभाई जमघट हुने रमाइलो गर्न दिन (शुक्रबार) कुर्ने परम्परा बसिसकेको छ । वास्तवमा गुड फ्राइडेको प्रचलन क्रिश्चियन धर्म संस्कारबाट आएको हो ।
सुरुवातमा विश्वभरका क्रिश्चियनहरुले “गुड फ्राइडे“ अर्थात संसारको पाप उठाइलैजाने परमेश्वरको थूमा “येशू ख्रीष्ट“ मर्नु भएको दिनको सम्झनामा मनाउने गर्दछन ।
जिससलाई प्रथम शताब्दिको सन् ३० देखि ३५को बीचमा शुक्रबारका दिन झुण्डाइएको थियो । क्रिश्चियनहरुले उहाँको सम्झनामा व्रत बस्ने, प्राथना गर्ने र बेलुकीपख साथीभाइ तथा परिवारजन भेला भएर मनाउने गर्दछन ।
आजभोलि क्रिश्चियनहरुले पनि विभिन्न देशहरुमा गुड फ्राइडे मनाउने तरिका फरक–फरक रहेका छन् । उनीहरुले जीजस स्वतन्त्र भएर स्वर्गमा गएको कुरा दर्शाउन चंगा उडाउने गर्दथे । यसैको सिको गर्दै विश्वका अन्य धर्म संस्कृति मान्ने मानिसहरुले पनि गुड फ्राइडे मनाउदै आएका छन् ।
यसैविच आज मकवानपुरका येशुख्रिष्टले सबै पापीलाई मुक्ति दिनको लागि क्रुसमा मर्नु भएको सम्झनामा नेपाल पेन्तिकोष्टल चर्च,हेटौडा शाखा भोर्ले , हेटौडा सामादान चर्च, हेटौडा एजि चर्च,पदमपोखरी एबेनएजेर चर्च,रातोमाटे विजय चर्च,आषिश चर्च रातोमाटे,प्रवित्र चर्च रातोमाटे,सिमलटार ब्याप्टिस् चर्च, प्रभुको मण्डली,सिमलटार, हेटौडा ,उत्तरी थाहामा रहेको चर्च अफ गडसँग् आवद्ध मण्डली,इमाउस ख्रिष्ट्रियन मण्डली,आषिश चर्च लगायत मण्डलीहरुमा विभिन्न कार्याक्रमको आयोजना गरि गुड फ्राइडे मनाउदै छन ।

0 comments

Write Down Your Responses