Powered by Blogger.
माओवादी थाहा नगरले बनायो एक हजार ५ सय एक सदस्यीय निर्वाचन समिति

मकवानपुर, २ बैशाख / नेकपा मओवादी केन्द्र थाहा नगर कमिटीले एक हजार ५ सय एक सदस्यीय निर्वाचन परिचालन तथा प्रचार प्रसार समिति गठन गरेको छ । शनिवार पार्टी कार्यालयमा बसेको नगर कमिटिको बैठकले यही बैशाख ३१ गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरि बिष्णु बिष्ट आदर्शको संयोजकत्वमा निर्वाचन परिचालन तथा प्रचार प्रसार समिति गठन गरेको हो ।
समितिका सदस्यहरुमा १२ वडाका वडा कमिटी सदस्यहरु, वाईसियल कमिटि सदस्यहरु, महिला कमिटि सदस्यहरु, जिल्ला सम्मेलन आयोजक कमिटि सदस्यहरु, केन्द्रीय सम्मेलन आयोजक कमिटि सदस्यहरु, सलाहकारहरु रहने थाहा नगर कमिटि सदस्य राजिवकुमार स्याङ्दानले बताउनुभयो ।
त्यस्तै बैठकले अरुण रायमाझीको संयोजकत्वमा २५ सदस्यीय सचिवालय कमिटि समेत गठन गरिएको छ । कमिटिको सह–संयोजकमा राजिवकुमार स्याङ्दान, सदस्यहरुमा निरञ्जन अधिकारी, शालिकराम कार्की, ईच्छापूर्ण कार्की लगायत रहेकाछन् । नेकपा मओवादी केन्द्र थाहा नगर कमिटी ईञ्चार्ज बिष्णु बिष्ट आदर्शको अध्यक्षतामा सम्पन्न बैठकले छिट्टै सबै वडामा वडा कार्यालय स्थापना गरी निवाचनमा केन्द्रीत हुने निर्णय समेत गरेकोछ ।

0 comments

Write Down Your Responses