थाहानगरमा मेयरको उम्मेदवार छान्न तीन दललाई हम्मेहम्मे 
रुपक कालिराज
थाहानगर,९ बैशाख /  मकवानपुुरको पर्यटकीय क्षेत्र थाहा नगरपालिकामा भावी नेतृत्वका लागि प्रमुख दलहरुलाई मेयर, उपमेयर छान्न हेम्मेहम्मे परेको छ । थाहाका प्रभावशाली नेताहरु आ–आफ्नो पाटीभित्र टिकटका लागि दौडधुपमा लागिरहेका छन ।
विभिन्न राजनीतिक दलले चुनाव केन्द्रित हुँदै वडा–वडामा भेला गरिरहेका छन् । आकांक्षी धेरै भएपछि पार्टीलाई उम्मेदवार छान्न पनि हम्मेहम्मे परेको हो ।
आकांक्षीहरुले टिकटका लागि विभिन्न च्यानलबाट लविङ्ग गरिरहेका छन् । थाहा नगरको चोक तथा चिया पसलमा मेयरको टिकट कसले पाउने र कसले जित्ने भन्ने सम्मको अड्कलबाजी हुन थालेको छ ।
साविकको आग्रा, चित्लाङ र टिष्टुङ गाविस गाभिएर साढे २७ हजार जनसंख्या भएको थाहानगर पालिकामा चुनाव जित्न सक्ने पार्टीका लोकप्रिय कार्यकर्तालाई टिकट दिन कसरत भइरहेको छ । 
कुन दलबाट कसको आकांक्षा ?
 नेपाली काग्रेस 
थाहामा मेयरको लागि नेपाली काग्रेसको तर्फबाट अझै टुङग्याउन मुिस्कल परिहरेको छ । मेयर पदको लागि काग्रेस थाहा नगरपालिका सभापति योगेन्द्रमान क्षेष्ठ ,नगर विकास समितिका अध्यक्ष खड्क गोपालीको उम्मेदवारी रहेको  छ  । यस्तै उपमेयरमा काग्रेस महिला नेत्री राममाया के।सि र सुनमाया भोम्जनले दावि गरे पछि उप मेयरको लागि समेत टुङग्यो लाग्न नसकिरहेको अवस्था छ । 
काग्रेसको तर्फबाट वडा नम्बर –२ मा नवराज लामा, वडा नम्बर –३ विक्रम गोपाली, वडा नम्बर –४ हरिहर केसि, वडा नम्बर – ५ मा भिम बहादुर भोम्जन, वडा नम्बर –९ मा सुरेश लामिछाने,, वडा नम्बर –१० कर्ण बहादुर गोले, वडा नम्बर –११ सुमन गोले, र वडा नम्बर– मणिराज गुरुङको नाम टुङग्यो लागेको थाहानगर सभापति योगेन्द्रमान क्षेष्टले जानकरी दिए । वाँकी वडाको छिट्टै टुङग्यो लाग्ने बताए ।
 नेकपा एमाले 
मेयरको लागि नेकपा एमालेको तर्फबाट पनि अझै टुङ्ग्याउन सकेको छैन । एमालेको तर्फबाट मेयरको लागि विष्णुहरि ढकाल, विष्णु प्रसाद ढकाल, अच्यूतम प्रसाद ढकाल, राजु नापित र केदार बलको उम्मेदवार रहेको छ ।
थाहाको पुरानो स्थानीय बासिन्दा बिष्णु हरि ढकाल २०४५ साल देखि पार्टीमा आबद्ध भएका छन् । उनी सञ्चार सहकारी केन्द्रिय संघका अध्यक्ष, नेपाल एफ नेटवर्कका प्रवन्ध निर्देशक , वोर्ड कास्टिङ यशोयिसनका पुर्व अध्यक्ष, रेडियो पालुङ र पालुङ बहुउद्देश्य सहकारी संस्थाका संस्थापक अध्यक्ष हुन । 
बिष्णु प्रसाद ढकाल स्थानीय जनता माझ परिचित छन् । सामाजिक क्षेत्रमा भिजिएका ढकाल, पाटि जिल्ला कमिटि सचिवालय सदस्य, पालुङ बहुउद्देश्य सहकारी संस्थाका सचिव समेत हुन् । 
अर्का आकांक्षी राजु नापित २०२५ जनमुखि राजनिति प्रवेशसँगै २०३९ साल देखि क्रियाशिल छन । मेयरका लागि आकाँक्षी केदार बल २०३६ साल देखि एमाले पार्टीमा कृयाशिल हुँदै नेकपा एमाले जिल्ला कमिटि सल्लाहकार समितिको सदस्य हुन ।
यस्तै  उप–मेयरको उम्मेदवार कल्पना बलामी, सान्ननी अधिकारी र रिता सिहं ठकुरीको उम्मेदवारी परेकाले उप मेयरको लागि पनि टुङग्याउन हम्मेहम्मे परेको हो ।   
एमालेको तर्फबाट वडा अध्यक्षको लागि वडा नम्बर–१ मा धर्म प्रधान, वडा नम्बर–५ मा विष्णु गुरुङ, वडा नम्बर–६ मा शसिधर सुवेदि, वडा नम्बर–९ मा लक्ष्मण रेग्मी, वडा नम्बर–१० मा हिरा बहादुर गमाल, वडा नम्बर–११ किरणमान बल र वडा १२ नम्बर मान बहादुर स्याताङको नाम टुंग्यो लागेको एमाले थाहानगरका नेता राजुु नापितले बताए । बाँकी वडाहरुमा छिट्टै टुंग्यो लाग्ने नेकपा एमाले थाहानगरले जनाएको छ । 
नेकपा माओवादि केन्द्र
नेकपा माओवादि केन्द्र थाहानगरले पनि हाल सम्म मेयर तथा अधिकाँश वडामा वडा अध्यक्ष छनोट गर्न सकिरहेको छैन । मेयरको लागि विष्णु विष्ट ‘आर्दश’, र लबशेर विष्टको उम्मेदवार रहेको छ । 
आकाँक्षी मध्ये बिष्णु पार्टीको केन्द्रीय सदस्य हुन् । स्थानीय क्षेत्रमा विष्ट कुनै नौलो नाम भने होइन । लवशेर विष्ट मकवानपुर उद्योग वाणिज्य संघको उपाध्यक्ष हुन । माओवादि केन्द्र थाहानगरको मेयरको लागि विष्णु विष्ट ‘आर्दश’ नै निश्चित हुने देखिएको केन्द्रका निकट स्रोतले जनाएको छ ।
यस्तै उप–मेयरको लागि सकुन्तला गोपालीको नाम सिफारीस भएको छ । भने उपमेयरका लागि गोपाली लगभग निश्चित भएको नेकपा माओवादि केन्द्र थाहानगर सचिव विनोद लामाले जानकरी दिनु भयो । 
हाल सम्म नगरमा ९ वडा वडामा वडा अध्यक्ष टुङग्यो लागि सकेको जनाएको छ ।  नेकपा माओवादि केन्द्र थाहानगरले वडा नम्बर–१ हरेमान गोपाली, वडा नम्बर–२ मा शंकर तामाङ, वडा नम्बर–५ मा कान्छा लामा, वडा नम्बर–६ दामोदार सुवेदि, वडा नम्बर–८ कृष्ण राम रुम्बा, वडा नम्बर–९ पशुराम श्रेष्ठ, वडा नम्बर ११ दिनेश बलको नाम टुङग्यो लगाएको छ ।  
राप्रपा नेपाल
यस्तै राप्रपा नेपाल थाहा नगरले मेयरको लागि नगर सभापति हरेराम काकीलार्ई सिफारिस गरेको छ । पार्टीको नगर अध्यक्ष समेत रहेका कार्की जिल्लाको राजनीतिमा सक्रिय व्यक्ति हुन् ।




0 comments
Write Down Your Responses