Powered by Blogger.
पत्रकार महासंघ काठमाडौं शाखाको अध्यक्षमा शन्तराम विडारी विजयी

काठकमण्डौँ , नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको अध्यक्षमा शन्तराम विडारी बिजयी भएका छन् । १० औं जिल्ला अधिवेशनमा अध्यक्षका प्रत्यासी रामकृष्ण अधिकारीलाई १४ मतले हराउँदै बिडारी निर्वा्चित भएका हुन् । प्रेस चौतारी निकट बिडारीले ४२९ तथा प्रेस युनियन र प्रेस सेन्टर गठबन्धनका अधिकारीले ४१५ मत प्राप्त गरेका थिए ।
 त्यस्तै महिला उपाध्यक्षमा विडारी प्यानलकै सीता पोखरेल, सचिवमा मोहन पन्त, सहसचिव अमिर लामा,रामशरण माझी र कोषाध्यक्षमा रामचन्द्र खड्का बिजयी भएका छन् ।
खुला उपाध्यक्षमा भने अधिकारी प्यानलका सुर्य सुवेदी निर्वा्चित भए । शाखा सदस्यहरुमा सुलोचना अर्याल,पुष्कर बस्नेत,रामचन्द्र दुलाल,फणिन्द्र फुयाल,राजेश भण्डारी, अजित अधिकारी,मुकुन्द भुषाल,विष्णुकुमार गिरी,हेमवहादुर राना र अम्बिका घिमिरे निर्वा्चित भएका छन् ।
देशभरका शाखाहरुमध्ये सदस्य संख्याको हिसाबले काठमाडौं शाखा महासंघको सबैभन्दा ठूलो हो । करिव १४ सय सदस्य रहेको शाखा निर्वाचनमा ८७८ मत खसेको थियो ।



0 comments

Write Down Your Responses