Powered by Blogger.
एमाले थाहा नगरको बृहत युवा भेला सम्पन्न


पालुङ । युवा संघ नेपाल थाहा नगरले बृहत युवा भेलाको आयोजना गरेको छ । थाहा नगर पालुङ जेसिजको सभाहलमा थाहा नगरपालिकाको १२ वटै वडाका युवाहरूको प्रशिक्षण तथा भेला सम्पन्न भएको हो ।

थाहा नगर युवा इन्चार्ज प्रदिप प्रधानको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश नम्बर ३ कमिटी सदस्य महेश्वर सुवेदीको प्रमुख आतिथ्य रहेको थियो । 

कार्यक्रममा नेकपा एमाले थाहा नगर इन्चार्ज तथा थाहा नगरपालिकाको मेयर पदका उमेद्वार बिष्णुप्रसाद ढकाल , अखिल नेपाल महिला संघ थाहा नगर अध्यक्ष तथा उप–मेयर पदकी उमेद्वार कल्पना बलामी , निर्वाचन परिचालन कमिटीका संयोजक अच्युतमप्रसाद ढकाल , जिल्ला कमिटी सदस्य ठुलिमाया गोले , जिल्ला कमिटी सदस्य इश्वरलाल रुम्बा , मकवानपुर क्षेत्र नम्बर २ का सचीव बिमलकुमार ढकाल ,  नगर कमिटी सदस्य सुरेन्द्रमान प्रधान , युवा संघ थाहा नगर अध्यक्ष बिक्रम केसी , थाहा काठमाडौ सम्पर्क मंचका उपाध्यक्ष अनित बिष्ट , अनेरास्ववियु जिल्ला सदस्य सन्जय कार्की  लगायतको आतिथ्य रहेको थियो । 

कार्यक्रममा निर्वाचन प्रचारप्रसार , घरदैलो अभियान , आमसभा लगायतमा युवाको सहभागीता र युवाले गर्नुपर्ने काम कर्तव्यको बिषयमा वक्ताहरूले आफ्नो भनाइ राख्नु भएको थियो ।

कार्यक्रममा थाहा नगरपालिकाको १२ वटै वडाका युवाहरू उल्लेखनीय उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन युवा संघ नेपाल थाहा नगर सचिब प्रदिप भट्टले गर्नु भएको थियो ।

0 comments

Write Down Your Responses