Powered by Blogger.
केन्द्र देखी स्थानिय सरकार एमालेको : नेता चौधरी

हेटौंडा, २५ बैशाख / नेपाल कम्युनिष्ट पार्टि एमालेका पोलिटब्युरो सदस्य नागेन्द्र चौधरीले केन्द्र देखी स्थानिय तहसम्म एमालेको सरकार हुने बताएका छन् । आज हेटौंडामा आयोजित एमालेको चुनाबी सभामा बोल्दै नेता चौधरीले सरकारको नेतृत्व सम्हाल्ने बित्तिकै देशले गति लिने भएकोले पनि स्थानिय तह देखी केन्द्रसम्म नै एमालेको सरकारको आबश्यकता भएको बताए ।
राष्ट्रियताको पक्षमा आवाज उठाउने पार्टि भनेकै एमाले मात्रै भएको उनको भनाई थियो । यस अगाडि पनि स्थानिय निकाय चलाएकोले स्थानिय तहको निर्बाचनमा पनि जनताले एमाललेलाई जिताउने बताए ।े यस्तै कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर ३ बाट निर्बाचित संसद अनन्त पौडेलले जनताको पार्टि भनेको एमाले मात्र भएको बताएका छन् । हेटौंडा उपमहानगर पालिकाका एमालेका तर्फबाट मेयरका उमेद्वार हरीबल महत तथा उपमेयरका उमेद्वार मिना लामासहित बिभिन्न चुनाबी सभालाई सम्बोधन गर्दै उनले नगर बिकासको लागि स्वच्छ छबी भएको उमेद्वार प्रस्तुत गरेको बताए । बिगतदेखी बर्तमानसम्म कुनैपनि क्षेत्रमा निस्वार्थ जनताको काम गर्दै आएका मेयरका उमेद्वार हरीबल महत र उपमेयरका उमेद्वार मिनालालाई भोट दिएर जिताउने उनले आग्रह पनि गरे । एमालेको जनलहर देखरेपनि अहिले अरु दलहरु आत्तिनुले पनि एमालेको जितलाई अब कुनै शक्तिले रोक्न नसक्ने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै नेकपा एमालेका तर्फबाट हेटौंडा उपमहानगर पालिकाका मेयरका उमेद्वार हरीबल महतले दुई कार्यकाल नगरपालिकाको उपमेयरको जिम्मेवारी बहन गरेकोले पनि मेयर पदमा रहे अन्य धेरै नगर बिकासका लागि काम गर्ने बताए । हेटौंडा ६, ७ र ८ मा भएको कार्यक्रममा एमाले मकवानपुरका अध्यक्ष मुनु सिग्देल, एमाले मकवानपुरका, उपाध्यक्ष बद्रि लम्साल, सचिब एकालाल श्रेष्ठ, उपमेयरका उमेद्वार मिना लामा, सचिबालय सदस्य श्रीधर पोख्रेल, प्रचार बिभाग सदस्य उज्जवल चौलागाई. तथा स्थानिय वडाका अध्यक्षका उमेद्वारहरु हेटौंडा ८ का गोपाल बहादुर श्रेष्ठ, ७ का अध्यक्षका उमेद्वार राजन थापा, ६ का वडा अध्यक्षका उमेद्वार गणेशबहादुर दुलाललगायतले बोलेका थिए ।







0 comments

Write Down Your Responses