Powered by Blogger.
बिभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश

हेटौंडा÷हटौंडा उपमहानगर पालिका वडा नम्बर १६ मा बिभिन्न पार्टी परित्यागगरी करिब २ सय जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
नेकपा एमाले निकटको बिद्यार्थी संगठन अनेरास्ववियुका अञ्चल सदस्य मोहन चौंलागाई सहित ७० जना, नेपाली काग्रेसका श्याम कार्की सहित ३१ जना, राप्रपाका लिला चौंलागाई सहित २४ जना र अन्य बिभिन्न पार्टीमा आवद्व व्यक्तिहरु आज एक कार्यक्रमका बिच नेकपा मओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
हेटौंडा उपमहानगर पालिका वडा नम्बर– १६ हटियामा आयोजित ¥याली तथा चुनावी कोणसभामा उनिहरु पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश गरेकाहरुलाई नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य लिलामणी पोखरेल र नेकपा माओवादी केन्द्रकी पोलिटव्युरा सदस्य एवम् मकवानपुर जिल्ला ईन्चार्ज कुमारी मोक्तानले खादा र अबिर लगाएर स्वागत गर्नुभएको थियो ।
चुनावी कोणसभामा सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य लिलामणी पोखरेलले माओवादी केन्द्रको पक्षमा जनलहर उत्रेको बताउँदैं स्थानिय चुनावमा माओवादी केन्द्रको जित सुनिश्चित रहेको बताउनुभयो । पोखरेल ले एमालेको खोक्रो राष्ट्रवाद ले हावा खाईसकेको बताउँदैं स्थानिय चुनाव भाड्न एमाले उद्य्त रहेको आरोप लगाउनुभयो । स्थानिय चुनावमा आफ्नो हार पक्का भएपछी एमाले ले बिभिन्न बहानाबाजी गरेर सरकार र माओवादी केन्द्रलाई कमजोर देखाउन खोजेको बताउनुभयो ।
आर्थिक समृद्वी र उज्यालो नेपाल बनाउने पार्टी माओवादी केन्द्रलाई जनताले अत्याधिक मतले बिजयी गराउने पोखरेलले बताउनुभयो । कुरा गर्ने भन्दा काम गर्नेलाई जनताले रोज्ने पोखरेलको भनाई थियो । यो चुनाव २० बर्ष पछी हुन लागेको होईन पोखरेलले भन्नुभयो ः “अग्रगामी र परिवर्तनकारी शक्ति सहभागी भएको देशको यो पहिलो निर्वाचन हो ।” चुनावी सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रकी पोलिटव्युरो सदस्य एवम् मकवानपुर जिल्ला ईन्चार्ज कुमारी मोक्तानले माओवादी अहिले २०६४ को निर्वाचनको अवस्थामा आएको बताउनुभयो । स्थानिय निर्वाचनमा जनताको हितमा काम गर्ने जनताबाट अनुमोदित पार्टी र जनताको घर दैंलोमा हुर्किएको पार्टी नेकपा माओवादी केन्द्रलाई गोलाकार भित्रको हसिया हथौंडामा मतदानगरी बिजयी गराउन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रको तर्फबाट हेटौंडा नगर पालिकाका उपमेयर पदका उम्मेदवार बलराम बल, माओवादी केन्द्रका नेता प्रकाश पाण्डे, सञ्चार बिभाग प्रमुख कमान सिं पाख्रिन (पृथक), पुर्व सभाषद शेर बहादुर  पहरी, १६ नम्बर वडाका अध्यक्षका उम्मेदवार अविनाश गजुरेल, १७ नम्बर वडाका अध्यक्ष शंकर राउत लगायतकाको आतिथ्यतामा रहेको थियो ।
कार्यक्रम १६ र १७ नम्बर वडाका सयुक्त वडा ईन्चार्ज कमला श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

0 comments

Write Down Your Responses