Powered by Blogger.
भावी कार्ययोजनाको विषयमा मेयर तथा उपमेयरसँग अन्तक्र्रिया

 हेटौंडा,२३ बैशाख । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा उपमहानगरका मेयर तथा उपमेयरका प्रत्यासीहरुसँग आर्थिक समृद्धिमा भावी कार्ययोजनाको विषयमा आज अन्तक्र्रिया तथा छलफल सम्पन्न गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा आफू विजयी भएमा समग्र नगरको आर्थिक, औद्योगिक तथा व्यावसायिक विकासको सम्बन्धमा सहभागी प्रत्याशीहरुले आफ्ना धारणा तथा प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा नगर प्रमुखका प्रत्याशी आनन्दराम पराजुली, हरिबहादुर महत, मधुकर अधिकारी, भीमसेन महत, ओविन्द्र लुईटेल, शुभरत्न गोले, दीपेन्द्र श्रेष्ठ, राकेश शर्मा, सतार अन्सारी लगायतको उपस्थिति रहेको थियो । यसै गरी उपमेयरका प्रत्याशी बलराम बल, पुनम खतिवडाले पनि आफ्ना धारणा तथा प्रतिबद्धता व्यक्त गरेका थिए ।
हेटौंडाको पल्पसा सभागृहमा भएको अन्तक्र्रियामा उपस्थित नगरबासीहरुले निर्वाचनका प्रत्याशीहरुलाई आफ्ना जिज्ञासा तथा प्रश्न गरेका थिए । अन्तक्र्रियामा संघका पदाधिकारी, कार्यसमिति सदस्य, विभिन्न राजनैतिक दलका कार्यकर्ता, सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमलाई महासचिव महेन्द्र राउतको उद्घोषण तथा उपाध्यक्ष कृष्ण अग्रवालले समापन गरेका थिए ।

0 comments

Write Down Your Responses