Powered by Blogger.
राप्रपाले जितेको स्थानमा एक घर, एक रोजगारीको ग्यारेन्टी : कमल थापा

हेटौंडा, २५ वैशाख / कमल थापा राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधान मन्त्री कमल थापाले राप्रपाले चुनाव जितेको स्थानमा एक घर एक रोजगारीको ग्यारेन्टी गरिएको बताउनु भएको छ ।
बेरोजगारी अहिलेको मुख्य समस्या रहेको भन्दै थापाले राप्रपाले जितेको क्षेत्रमा बेरोजगारलाई भत्ता उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । हेटौडा १२ ,१३ वडाको संयुक्त आयोजनामा भएको चुनावी सभालाई सम्बोधन गर्दै थापाले मकवापनुरका सवै नागरिकलाई रोजगार बनाउने आफ्नो योजना रहेको र त्यसै अनुरुप मकवापनुरमा नयाँ उद्योग स्थापनाको लागि आफुले पहल गरिरहेको बताउनु भएको थियो ।
देशलाई संकटबाट मुक्क्त गराउन राप्रपा मात्र सक्षम भएको दावी गर्दै थापाले जनताले भरोसा गर्न सक्ने योग्य उमेद्धार उठाएको हुनाले गाउँपालिका तथा नगरपलिकामा जिताउन अग्रह पनि गर्नु भयो ।
 अरुदलले सपना मात्र देखाएको र अर्थतन्त्र संकटमा पार्नुमा काग्रेस एमाले र माओवादिको हात रहेको जिकिर गर्नुभयो ।
कार्यक्रममा बोल्दै राप्रपाका केन्द्रिय सदस्य दिपक बहादुर सिंहले राप्रपामा आउन सवै युवाहरुलाई आग्रह गर्दै सवै मिलेर सुन्दर नगर बनाउन आह्रवान गर्नुभएको थियो ।
 त्यस्तै हेटौडा उपमहानगरपालिका प्रमुख पदका उमेद्धार मधु अधिकारीले एक पटक मौका दिएर हेर्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा उपमेयरका उमेद्धार इन्दिरा न्यौपाने ,नेता सिताराम बर्ताैला, हेटौडा १२ नंम्वर वडा अध्यक्षका उमेद्धार चन्द्र बहादर गोले, १३ नम्वर वडा अध्यक्षका उमेद्धार सपना मोक्तान लगाएतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।  कार्यक्रम १३ नं वडा कमिटी अध्यक्ष भवनाथ दुलालको अध्यक्षातामा भएको थियो ।

0 comments

Write Down Your Responses