Powered by Blogger.
नगरका घरघरमा नयाँ शक्ति

   

हेटौंडा, २५ वैशाख / नयाँ शक्ति पार्टी नेपालले नगरका विभिन्न वडामा मंगलबार घरदैलो गरेको छ । स्थानीय निकायको निर्वाचन नजिकिँदै गर्दा पार्टीले सोमबार हेटौंडा ६, ८, १५ र १६ नम्बर वडामा घरदैलो गरेको हो ।
    वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनमा उम्मेदवारी दिएकाहरुलाई जिताउन आग्रह गर्दै नयाँ शक्ति जनताको घरघरमा अभियान चलाएको हो । घरदैलो कार्यक्रममा पार्टीका जिल्ला संयोजक प्रल्हाद लामिछाने, सहसंयोजक जीवनमान मोक्तान, मेयर पदका उम्मेदवार शुभरत्न गोले उपमेयर पुनम भट्टराईलगायतको सहभागिता रहेको थियो । पार्टीले भीमफेदी गाउँपालिकामा पनि घरदैलो अभियानलाई तीव्रता दिएको छ । मंगलबार गाउँपालिकाका विभिन्न वडामा मत माग्दै पार्टीका तर्फबाट उम्मेदवार बनेकाहरुको सहभागी थिए । ¥यालीसहितको घरदैलो कार्यक्रममा नयाँ शक्तिपार्टीका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार अमृत बर्तौलालगायतको सहभागिता रहेको थियो ।

0 comments

Write Down Your Responses