Powered by Blogger.
११ को परीक्षा सर्न सक्ने संकेत

मकवानपुर,२९ बैशाख ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा सर्न सक्ने संकेत गरेको छ ।
परीक्षा संचालन हुने विद्यालयमा मतदान केन्द्र तोकिने अर्थात् मतगणना गर्नुपर्ने हुन सक्ने भन्दै परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सर्ने संभावना रहेको जनाएको हो ।
 निर्वाचन आयोगले बैशाख ३१ गते निर्वाचनका लागि मिति तय गरेपछि परीक्षा तालिका प्रकाशित गरिएको भएपनि पछि दुई चरणमा निर्वाचन गर्ने निर्णय भएकाले परीक्षा प्रभावित हुने भएको हो ।
परीक्षा नियन्त्रक डम्बर कुमार बतासले अनुसार १ गते देखि हुने भनिएको कक्षा ११ को परीक्षा सर्न सक्ने संभावना रहेको जानकारी दिनुभयो । जेठ ३१ गते प्रदेश नम्बर १, २ , ५ र ७ नम्बरमा स्थानीय तहको निर्वाचनको मिति तोकिएको छ ।

0 comments

Write Down Your Responses