Powered by Blogger.
पत्रकारलाई धम्कि सहित मानसिक तनाव दिएकोप्रति पत्रकार महासंघ मकवानपुरको ध्यानाकर्षण


मकवानपुर,२९ बैशाख  / प्रहरीले देशका विभिन्न भागमा कतिपय पत्रकार र संचारमाध्यममाथि आक्रमण, धम्की र पक्राउको घटना आएको विषयप्रति नेपाल पत्रकार महासंघ मकवानपुरले ध्यानाकर्षण भएको जनाएको छ । प्रेस विज्ञप्ति जस्ताको त्यस्तै
मिति ः २०७४÷०१÷२९ गते
प्रेस विज्ञप्ति
स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकका विभिन्न भागमा कतिपय पत्रकार र सञ्चारमाध्यमाथि आक्रमण, धम्की र पक्राउको घटना आएको बिषय सञ्चार माध्यममा आइरहेको छ । यसैक्रममा मकवानपुरमा समेत प्रहरी प्रशानसले पत्रकारलाई नियन्त्रणमा लिने धम्की दिनुका साथै मानसिक तनाव दिने गरेको भन्ने जानकारी आएकोप्रति यस नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको गम्भीर ध्यानाकर्षण भएको छ । स्वतन्त्र रुपमा पत्रकारिता गर्न पाउनु सबै पत्रकारको अधिकारको बिषय हुँदाहुँदै पनि डर, धम्की एवम् त्रासमा पत्रकारिता गर्ने अवस्थाको सृजना हुनु निन्दनीय रहेको छ । स्थानीय तहको निर्वाचनलाई स्वच्छ, मर्यादित एवम् धाँधलीरहित र डरत्रासमुक्त वातावरणमा सम्पन्न गराउने नाममा पत्रकारलाई दिइने मानसिक तनाव किमार्थ स्वीकार्य हुन सक्दैन । यस शाखाका साधारण सदस्य समेत रहेका जनता जिन्दावाद साप्ताहिकका प्रकाशक तिलक अधिकारीसहित केही पत्रकारलाई प्रहरी प्रशासनले मानसिक तनाव दिएको भन्ने स्वयम् पत्रकारहरुबाट गुनासो आइरहेको छ । पत्रकारिताको मर्यादाभित्र रही अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गरेकै कारण थुनछेक, हतोत्साहन र धम्की दिइनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप मात्र नभई संविधान र प्रचलित कानुन विपरित समेत हुने भएकोले यस्ता कार्य नगर्न प्रहरी प्रशासनलाई ध्यानाकर्षण गराउन चाहन्छौँ । पत्रकारलाई निर्भयतासाथ पेशागत अभ्यास गर्ने वातावरण बनाउन महासंघ सम्बन्धित निकायसँग जोडदार माग गर्दछ । साथै निर्वाचनको समयमा हुन सक्ने गल्तीलाई ध्यानमा राख्दै आफ्नो पेशागत मर्यादा र सीमामा रहेर पत्रकारिता गर्नुहुन समेत सबै पत्रकारहरुलाई अनुरोध गर्न चाहन्छौँ ।
सचिव 
गणेशदर्पण अधिकारी 
नेपाल पत्रकार महासंघ मकवानपुर शाखा

0 comments

Write Down Your Responses