Powered by Blogger.
कैलास गाउँपालिकामा माओवादि अगाडि

 कैलास गाउँपालिका, २ जेठ /  कैलास गाउँपालिकामा ४ वटा वडाको मतगणना सम्पन्न भएको छ । वडा नम्बर १, २, ३ र ४ को मतगणना सम्पन्न भएको हो । कैलास गाउँपालिका ( साविक डाडाखर्क गाविस ) वडा नं.१ मा एमालेका पेमा योञ्जनको प्यानल निर्वाचित भएका छन । भने वडा नम्बर २ मा काग्रेसको उम्मेदवार राजेन्द्र घिसिङ निर्वाचित भएका छन । त्यस्तै कैलास गाउँपालिका ( साविकको गोगने गाविस ) वडा नं.३ मा देवलाल बल र वडा नं.४ मा माओवादि केन्द्र विजय भएको छ । वडा ५ को मतगणना जारी रहेको छ । ११ हजार ५ सय ११ मतदाता रहेको कैलास गाउँपालिकामा ८ हजार ६ सय १३ मत खसेको थियो । २ सय २ उम्मेदवार रहेको पालिकामा १९ वटा मतदान केन्द्र रहेको थियो ।

0 comments

Write Down Your Responses