Powered by Blogger.
पत्रकारलाई आचारसंहिता विपरीत विचार सम्प्रेषण नगर्न / नगराउन आग्रह

आदरणीय पत्रकार मित्रहरू ! 
पत्रकार र  आमसञ्चारमाध्यमहरू पत्रकार आचारसंहिता प्रति सधैँ सजग रहनुपर्ने कुरा यहाँहरूलाई भनिरहन नपर्ने विषय हो । तैपनि तपाईँ–हामीले निर्वाचनको समयमा झनै संवेदनशील र सन्तुलित भई आ–आफ्ना आमसञ्चारमाध्यमबाट समाचार, विचार, विज्ञापन, सम्पेषण गर्नुपर्नेहुन्छ  । गोप्यरूपमा आफ्नो मताधिकार प्रयोग गर्नु स्वाभाविक हो तर प्रत्यक्षरूपमा यो वा त्यो पार्टी वा व्यक्तिको पक्षमा उभिनु शोभनीय हुँदै होइन ।
सङ्घीय नेपालको इतिहासमा पहिलोचोटी यही वैशाख ३१ गते ३, ४ र ६ प्रदेशमा हुन गइरहेको स्थानीय तहको निर्वाचनको दिन जति नजिकिँदैछ, त्यति नै पत्रकार तथा निर्वाचन आचारसंहिता विपरीतका घटनाक्रम बढ्दै गएको देखिएको छ । कतिपय पत्रकारले आफ्नो पेशागत मर्यादा भुलेर सामाजिक सञ्जाल(जस्तै ः फेसबुक आदि)मार्फत् यो वा त्यो पार्टी तथा पार्टीको उम्मेद्वारको प्रचारमा लागेको, मत मागेको, लाइक वा कमेन्ट वा शेयर गरेको,  मिथ्याङ्कपूर्ण सामग्री ‘अपलोड’ गरेको पाइएको छ । अरूलाई सही मार्गप्रशस्त गर्न तटस्थ र निष्पक्ष भूमिकामा रहनुपर्ने पत्रकारिताजस्तो महत्वपूर्ण पेशामा आवद्ध हामी पत्रकारहरू यति महत्वपूर्ण ऐतिहासिक सन्दर्भमा थप मर्यादित, जिम्मेवार र उत्तरदायी हुनैपर्दछ । अतः पत्रकार र निर्वाचन आचारसंहिताको ख्याल गर्दै आ–आफ्नो मिडियाबाट स्वतन्त्र भूमिका खेल्न र कुनै दल वा उम्मेदवारलाई होच्याएर वा गुणगान गाएर सामाजिक सञ्जालमार्फत आफ्ना निजी विचारहरू सम्प्रेषण नगर्नु÷नगराउनु हुन हामी सम्पूर्ण पत्रकार मित्रहरूमा विनम्र अनुरोध गर्दछौँ ।

विज्ञापन प्रशासन÷प्रशारण र मौन अवधिमा विशेष ध्यान दिऔँ 
विगत केही दिनदेखि विभिन्न सञ्चारमाध्यमहरूबाट निर्वाचन आयोगले तोकेको समय⁄साइजभन्दा बढी र सःशुल्क विज्ञापन भनी स्पष्ट बुझिने, सुनिने र देखिने गरी उल्लेख नगरी राजनीतिक दल⁄उम्मेदवारको विज्ञापन प्रकाशन÷प्रसारण भइरहेकोप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । यसरी राजनीतिक दल र उम्मेदवारसम्बन्धी विज्ञापन प्रकाशन÷प्रसारण गर्दा निर्वाचन आचारसंहिता–२०७२ (दोस्रो संशोधन) को दफा १४ को (छ) ः उम्मेदवार वा राजनीतिक दलको सम्बन्धमा आयोगले तोकेको समयावधिभन्दा बढी नहुने गरी र सःशुल्क विज्ञापन भएको जनाउने गरी निर्वाचनसम्बन्धी विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्दा उल्लङ्घन हुने हुँदा निर्वाचन आचारसंहिता बमोजिम गर्न⁄गराउन हुन सम्बन्धित सबैलाई जानकारी गराउँदछौँ । साथै, आजै २०७४।१।२८ गते राती १२ः ०० बजेदेखि मौन अवधि सुरु हुने हुँदा यस अवधिमा सम्पूर्ण पत्रकार र आम–सञ्चारमाध्यमलाई पत्रकार र निर्वाचन आचारसंहिता पालानामा ध्यान दिनसमेत अनुरोध गर्दछौँ । 

0 comments

Write Down Your Responses