Powered by Blogger.
कैलास गाउँपालिकामा एमाले विजयी

कैलास गाउँपालिका,३ जेठ / मकवानपुरको कैलास गाउँपालिकामा पनि एमाले विजयी भएको छ ।
वडा नम्बर १ देखि ९ को मतगणना सम्म एमाले विजय भएको छ । हाल वडा नम्बर १० को मतगणना जारी रहेको छ ।
एमालेका उम्मेदवार टंक बहादुर मोक्तानले हाल सम्म ३२५८ मत प्राप्त गरिसकेको छन भने वडा नंबर १० मा केहि मत गणना गर्न बाँकी रहदासम्म एमालेको ११५९ मतले अगाडि छ ।

यहि नतिजालाई हर्ने हो भने नेकपा एमालेको जित निश्चित भएको हो । एमालेका उम्मेदवार मोक्तानको निकटम प्रतिद्वन्दी नेपाली काग्रेसका उम्मेदवार लोक बहादुर मोक्तानले  २०५९ मत प्राप्त गरेका छन ।

एमालेकै तर्फबाट उपाध्यक्षका उम्मेद्वार  सुकुमाया लामा पनि हाल सम्म ३२४७ मत रहेको छ भने उहाका प्रतिद्धान्दी नेपाली कांग्रेसको उम्मेदावर मिरा स्याङतानले २१०३ मत प्राप्त गरेकी छिन् ।
हाल सम्मको मत परिणाम
गाउँपालिकाको अध्यक्ष 
नेकपा एमाले : ३२५८ (टंक बहादुर मोक्तान)
नेपाली काग्रेस : २०५९ ( लोक बहादुर मोक्तान)
माओवादि : २०४२ (नरेन्द्र रिजाल)
राप्रपा : २४५ (भिम लामा)
उपाध्यक्ष 
नेकपा एमाले : ३२४७ ( सुकुमाया लामा )
नेपाली कांग्रेस : २१०३ (मिरा स्याङतान)
माओवादि : १९९७ ( विन्दामाया बज्यू )
राप्रपा :२४८ (शान्ति थिङ)

वडा अध्यक्ष
वडा नम्बर ७ : काँग्रेस
वडा नम्बर : ८ र ९ एमाले
वडा नम्बर को १० मतगणना जारी




0 comments

Write Down Your Responses