Powered by Blogger.
थाहा नगरपालिकाको मेयरमा लवशेर विष्ट

थाहा नगरपालिका,४ जेठ  । मकवानपुरको थाहा नगरपालिकाको मेयरमा माओवादी केन्द्र–कांग्रेस गठबन्धनको तर्फबाट माओवादी केन्द्रका लवशेर विष्ट विजयी हुनु भएको छ ।
९हजार ९१मतसहित विष्ट विजयी हुनु भएको हो । थाहा नगरपालिका ३ घर्तीखोलाका विष्ट नेकपा माओवादी केन्द्रको मकवानपुर जिल्ला सदस्य हुन् ।
उहाँका निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका विष्णु प्रसाद ढकालले ६ हजार ५ सय ४९ मत पाउनु भएको छ ।
भने नगरको उपमेयरमा माओवादी केन्द्र–कांग्रेस गठबन्धनको तर्फबाट काँग्रेसका खड्ग गोपाली विजयी हुनु भएको छ । गोपालीले ७ हजार २ सय ६३ मत पाउनु भएको छ ।
उहाँका निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका कल्पना वलामीले ६ हजार ७ सय ४५ मत पाउनु भएको छ ।

0 comments

Write Down Your Responses