Powered by Blogger.
डाँछीमा लालीगुराँसले ग¥यो स्वास्थ्य शिविर तथा सम्मान कार्यक्रम


काठमाडौं । २५६१ औँ बुद्ध जयन्तिको पावन अवसर पारी लालीगुराँस सामुदायिक अध्यन केन्द्रले काठमाडौंको डाँछीमा जेष्ठ नागरीक तथा महिलालाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य परीक्षण तथा सम्मान कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रममा उदघाटन प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिकाको कार्यकारी अधिकृत मनिता श्रेष्ठ र विशिष्ठ अतिथिको रुपमा विज्ञान तथा महिला वातावरण समुहकी अध्यक्ष अञ्जुसिंह साहले गरेका थिए । जापानी सूचना केन्द्र, नेपालका अध्यक्ष मदनकृष्ण सिलवाल, योग गुरु यादव पन्त, साँस्कृतिक युवा समूहका अध्यक्ष वेचैन लामालगायत थिए । 

नेपाल मेडिकल कलेज जोरपाटीका चिकित्सकहरुको सहयोगमा करिब दुई सय जना महिला, वृद्धवृद्धा तथा अन्य स्वास्थ्यका रोगीहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।

 डाँछी नि.म.वि.मा भएको उक्त शिविरमा विशेष गरि महिलाहरुको पाठेघर, आँखाको परिक्षण तथा औषधी वितरण गरेका थिए । डाँछी क्षेत्र राजधानी नै भए पनि स्वास्थ्य शिक्षा तथा जनचेतनाको अभावका कारण महिलाहरु अझै पछाडि परेका छन् ।

सोही कार्यक्रममा आयोजकले जेष्ठ नागरिक रिपुसुधन थापा, युवा समाजसेवी वेचैन लामा, युवा गायिका बसन्त लामा, युवा अभियानकर्ता शाश्वत कार्कीलाई सम्मान गरिएको थियो ।

0 comments

Write Down Your Responses