Powered by Blogger.
थाहा नगरका मेयर, उप मेयर र सम्पुर्ण पदाधिकारीहरुलाई संघको स्वागत


थाहा नगर, ११ जेठ /  थाहानगर कृषि र पर्यटनको सम्भावना बोकेको क्षेत्र भएकोले नगरलाई विकास गर्न कटिवद्ध भएर लाग्ने नव निर्वाचित थाहा नगर प्रमुख लबसेर विष्टले बताए । 

थाहानगर उद्योग वाणिज्य संघले २० वर्ष पछि भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका थाहा नगरपालिकाका मेयर, उप मेयर र सम्पुर्ण पदाधिकारीहरुको  गरेको स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै विष्टले नगरपालिकाको बिकासको लागि आफुले सबै संग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् ।
 विष्टले थाहानगरका विभिन्न समस्यहरु नजिकबाट नियालेकोे बताउदै थाहानगरलाई स्मार्ट सिटिको रुपमा विकास गर्नको लागि सम्पुर्ण टिम लागि पर्ने बताए । 

 त्यस्तै उपप्रमुख खड्ग गोपालीले थाहा नगरका व्यवसायिहरुको पिर मर्काे बुझेको बताउदै थाहा नगरलाई छुटटै नगरको रुपमा विकास गर्ने बताए ।

गोपालीले वोलेर भन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे ।  विकास गर्नको लागि सबैको साथ सहयोगको आवश्यता पर्ने भन्दै साथ सहयोगको अपेक्षा समेत गर्नु भयो । 

उद्योग वाणिज्य संघका सभापति कविराज खत्रीले थाहा नगर पर्यटनको सभ्भावना बोकेको क्षेत्र भएको बताउदै दलगत भन्दा पनि विकासलाई पहिलो प्राथामिताका साथ अगाडि बढ्न आग्रह गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।  

सो कार्यक्रममा थाहानगरपालिका कार्यकारी अधिकृत जिवन पसाद आचार्य, नेपाल पत्रकार महासंघ मकवानपुरका कार्यसमिति सदस्य रुपक कालिराज, संघका महासचिव सुरेन्दमान प्रधान लगायतको आथित्यता रहेको थियो । 

0 comments

Write Down Your Responses