Powered by Blogger.
बाइबलिय हाजिरजवाफ प्रतियोगितामा बस्तीपुर ब्याप्टिष्ट मण्डली विजयी

हेटौडा ,  मकवानपुरको मनहरी गाउँपलिकाको हाँडिखोलाका भुद्रुङ टाँडि ब्याप्टिष्ट मण्डलीमा वाइबलिय हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
परमेश्वरको बचन बाइबल पढ्ने बानिको बिकाश गर्नको निम्ति संयूक्त ब्याप्टिष्ट मण्डलीको आयोजनामा भएको प्रतियोगितामा मनहरी गाउँपालिकाको सिमलटार ब्याप्टिष्ट मण्डली, टुटेपानी ब्याप्टिष्ट मण्डली, भुन्द्रङ टाँटि ब्याप्टिष्ट मण्डली र बस्तीपुर ब्याप्टिष्ट मण्डली गरि ४ वटा मण्डलीका जवानहरुको सहभागिता रहेको थियो ।
सो प्रतियोगितामा बस्तीपुर ब्याप्टिष्ट मण्डली प्रथम भएका छन भने भुन्द्रुङ टाँटि ब्याप्टिष्ट मण्डली द्धितिय र टुटेपानी ब्याप्टिष्ट मण्डली तृतिय भएका छन ।  प्रथम, द्धितिय तथा तृतिय भएकाहरुलाई शैक्षिक सामाग्री लगायतका पुरस्कार प्रदान गरिएको हो ।
सहभागिहरुलाई बाइबलको ज्ञानमा उत्साहित बनाउँदै रोचक र प्रतिसपर्धात्मक तरिकाले हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको कार्यक्रममा पास्टर प्रेम बहादर स्याङबो, पास्टर याकुव घलान, चर्च अपगड उत्तरी भेग इलाका कमिटि मकवानपुरका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ मकवानपुरका कार्यसमिति सदस्य रुपक कालिराज, प्रचारक सन्त कुमरा थिङ, पुर्ण थिङ लगायतको आथित्यता रहेको थियो ।

0 comments

Write Down Your Responses