Powered by Blogger.
नेपाल र कोरियाका विद्यालयबीच भगिनी सम्वन्ध स्थापना


काठमाडौं । नेपालका र कोरीयाका दुई विद्यालयबीच भगिनी सम्वन्ध स्थापान भएको छ । 

हालै दुई देशका विद्यालयका बीच विभिन्न बुँदाहरुमा साझदारी भएको हो । 

सन् १९८७ काठमाडौं नैकाप, तीनथाना अवस्थित ब्राइट फ्युचर स्कुल र १९९७ काठमाडांै स्वयंभुमा अवस्थित हारती शिक्षा मन्दिर स्कुल नेपाल र दक्षिण कोरिया ह्वासाङ्ग सिटीमा अवस्थित ससिन माध्यामिक विद्यालय र दक्षिण कोरिया, सुवन सिटि अवस्थित मम् फुटबल क्लब बीच केही दिन सम्झौता भएको हो ।

दुबै देशका बिद्यालय बीच आपसी भगिनी सम्बन्धमा हस्ताक्षर गरी विधिवतरुपमा सम्बन्ध स्थापित भएको विद्यालयले जनाएको छ । 

सम्झौतापछि विद्यालयले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, –‘आजको यस हारती शिक्षा मन्दीर स्थित स्पोटर्स हलमा आयोजना गरिएको यस पत्रकार सम्मेलनमा दुई देशका विद्यालयवीच विभिन्न बुदाँहरूमा आपसी छलफल र सद्भावका आधारमा भविष्यमा सहकार्य गर्न सकिने समझदारी भएको सहर्ष जानकारी यराउँछौं ।’

सम्झौतामा संस्कृति आदान–प्रदान, शिक्षक तथा विद्यार्थी आदान–प्रदान, शैक्षिक सामाग्री आदान–प्रदान , खेलकुदको विकास र विस्तारमा सहयोग आदान प्रदान , विभिन्न सामाग्रीहरू तथा प्रविधि आदान–प्रदान, आर्थिक सहयोग लगायतका साझेदारी गर्ने उल्लेख छ । यसैगरी शिक्षाको माध्यमद्वारा दुई देशका विद्यालय लाई हित हुने तथा सुमधुर सम्बन्ध कायम गर्ने समेत उल्लेख छ ।

ब्राइट फ्युचर स्कुल र हारती शिक्षा मन्दिर स्कुल फुटबल, तेक्वान्दो, योङ्गमुदो, डान्स, म्युजिक जस्ता विषयलाई उच्च स्थानमा राखि अतिरिक्त व्रिmयाकलापमा अनिवार्य रुपमा पढाइ हुनुे विद्यालय हो । 

जस अन्तर्गत हारति शिक्षा मन्दिर स्कुल नेपालकै एक मात्र कोरीयन भाषा पनि पढाइहुने विद्यालय हो भने ब्राइट फ्युचर स्कुल काठमाण्डौंको उच्चशिर्ष १० औं स्थानमा पर्ने विद्यालय हो ।





0 comments

Write Down Your Responses