Powered by Blogger.
‘शरदका पातहरु’को छायाँकन तिब्र


काठमाडौं । पुर्वाञ्चलको विभिन्न रमणीय स्थानहरुमा  ‘शरदका पातहरु’को छायाँकन भैरहेका छ । युवा निर्देशक राज्य राई देमिनको निर्देशनमा चलचित्र ‘शरदका पातहरु’को छायाँकन भैरहेको हो । 

लामो समय देखि चलचित्र क्षेत्रमा निर्माण नियन्त्रकको रुपमा काम गर्दै आएका टि.एन. गणेश भण्डारीको कथा रहेको ‘शरदका पातहरु’ एभरेष्ट कल्चर एण्ड मिडिया एकेडेमीको ब्यानरमा निर्माण भैरहेको छ भने सागर दराईको लगानी रहने छ । 

अनिता देवी तामाङ र बृहस्पति राईको सह निर्माणमा तयार हुने यस चलचित्रलाई सामसायिक प्रेम कथालाई सन्देशमुलक अनि मनोरञ्जनात्मक रुपमा प्रस्तुत गर्ने निर्माण पक्षको दावी रहेको छ । 

चलचित्रमा सुवाष मेचे, करिष्मा मानन्धर, श्रेया दुलाल , अजित राई , मनिषा श्रेष्ठ, सुवास गजुरेल, बमीता जी.एमे., श्याम कुमार राई लगायत अन्य कलाकारहरुको मुख्य भूमिका रहने छ । 

चलचित्रमा निर्देशक देमिनकै संगीत रहेको छ भने द्धन्द कुमार श्रेष्ठको रहेको छ । पुर्वका धरान, धनकुटा, भेडेटारमा लगायतका ठाउँहरुमा चलचित्रकोे छायांकन हुने बताईएको छ ।




0 comments

Write Down Your Responses