Powered by Blogger.
सबै शिक्षकले ल्यापटपको माध्यमबाट पढाउन सक्नेछन् : सुनिल राउत

मकवानपुर,९ असार /  इमेल इन्टरनेटको ज्ञान आजको सूचना तथा प्रविधिको युगमा अति आवश्यक भईसकेको छ । तर हाम्रो देशको सन्दर्भमा भन्दा हामी सूचना तथा प्रविधिको क्षेत्रमा धेरे पछाडी परेका छौं । हाम्रो देशका शिक्षक, प्रशिक्षक तथा शिक्षा क्षेत्रमा संलग्न पेसाकर्मीहरुमा सूचना तथा प्रविधिको ज्ञानको अभाव रहेको अवस्था यस समस्यालाई निरारकरण गर्न भन्दै आइसिटी इन एजुकेसन नेपाल भनेर नामकरण गरियो र मकवानपुरमा पनि त्यसको शाखा स्थापना भयो । आज मकवानपुर जिल्लामा रहेर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि तथा शिक्षण सिकाई कार्यमा सुधार ल्याउने अभिप्रायले कार्य गर्दै आइरहनु भएका आइसिटी इन एजुकेसन नेपालका क्षेत्रीय प्रबन्धक सुनिल राउतसँग आइसिटीको महत्व र आजको आवश्यकताको बारेमा सहकर्मी रुपक कालिराज ले कुराकानी गर्नु भएको छ । 

यस संस्थाको बारेमा प्रष्ट पारिदिनुस् न ?
आइसिटी भन्ने वित्तिकै information and communications technology  अर्थात सूचना र सञ्चार प्रविधि भन्ने बुझिन्छ । आइसिटी इन एजुकेशन नेपालले आइसिटीसँग सम्बन्धित रहेर काम गर्छ सो अनुरुप हेटौंडा शाखाले पनि यसैसँग सम्बन्धित रहि परम्परागत शिक्षण सिकाइलाई परिमार्जन गर्दै

टेक्नोलोजिद्वारा अध्ययन अध्यापन तर्फ उन्मुख हुनुपर्छ भन्ने सन्देश प्रवाह गर्दै आइरहेको छ ।  
यस संस्थाले के के काम गर्छ ?
आइसिटीको प्रयोग बिना प्रभावकारी रुपमा शिक्षण र प्रशिक्षण कार्य सम्पन्न गर्न आकाशबाट तारा टिप्नु सरह नै भइसकेको छ । आजको शिक्षा औपचारिक शिक्षा पद्धतिमा मात्र सिमित नरही खुला तथा दूर शिक्षा प्रणाली मार्फत अध्ययन अध्यापन गर्ने कार्यको थालनी भईसकेको अवस्थामा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने तथा सिकाई कार्यमा सुधार ल्याउने अभिप्रायले विद्यालयमा अध्यापन गराइरहेका शिक्षकहरुलाई किस्तावन्दिमा शिक्षण सिकाईसँग आवद्ध रहेका आइसिटीका सामाग्रीहरु प्रदान गर्दै आइरहेका छौँ ।

आइसिटी इन एजुकेशन नेपालको शिक्षालाई नै पहिलो प्राथमिकता किन ? 
नेपाल कम विकसित मुलुक जहाँ शिक्षाको स्तर र आम जनमानसको शिक्षामा पहँुच पनि कम नै भएको परिस्थिति छ । विश्वमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगबाट शिक्षा क्षेत्रमा ठूलो उपलब्धि हाँसिल भएको अवस्थामा नेपालमा आइटिको प्रयोग ज्यादै न्यून रहेको अवस्था हो । एकाइसौँ सताब्दीमा शिक्षण सिकाईलाई प्रभावकारी बनाउनको हाम्रो अभिप्रय हो । आजको आवश्यकता भनेको अडियो भिडियोद्वारा अध्ययन अध्यापन गराउने समय हो । विगतको जस्तो चक, डस्टर बोकि ब्ल्याकवोर्डमा लेखेर अध्ययन अध्यपन भन्दा पनि आईसीटीको प्रयोग गरि शिक्षण सिकाईलाई अझ प्रभावकारी बानाउनु पर्छ भन्ने प्रभिप्रयले शिक्षालाई प्रहिलो श्रेणीमा राखेका हौँ ।

शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने तथा शिक्षण सिकाई कार्यमा सुधार गर्ने भन्नुको तात्पर्य ? 
वर्तमान युग आइसिटिको समय हो । सुचना प्रविधिले मानव जीवनसँग सम्बन्धित सम्पूर्ण क्षेत्रलाइ प्रभाव पारेकोले शिक्षा जगत पनि यसबाट अछूतो रहन सक्दैन ।  शिक्षा क्षेत्रमा दिनानुदिन नयाँ नयाँ अध्ययन अनुसन्धान भइरहेको अवस्थामा शिक्षण र प्रशिक्षण कार्यमा आइसिटिले महत्वपूर्ण भूमिका खेलेको छ । त्यसैले हामी  शिक्षकहरुलाई शिक्षण सिकाईलाई अझ प्रभावकारी होस भन्ने हेतु ल्यापटप सँगै विद्यालयमा सिकाइर्ने पाढ्यक्रममा समावेश गरिएको सफवेयर वण्डल गरेर हामी प्रदान गछौँ । ताकि शिक्षकहरुले सजिलै आफु बुझ्न तथा विद्यार्थीलाई बुझाउन सजिलो हुनेछ । त्यति मात्र नभएर जुन ल्यापटपमा सफवेयर वण्डल गरेका दिएका हुन्छौँ त्यस बारेमा शिक्षकहरुलाई तालिमको व्यवस्था समेत गछौँ ।

भने पछि तपाईले ल्यापटपको विजनेस गर्न खोज्नु भएको हो भन्ने बुझ्नु प¥यो ?
हाम्रो मुल मन्त्र वा उद्देश्य भनेको शैक्षिक गुणस्तर वृद्धि गर्ने तथा शिक्षण सिकाई कार्यमा सुधार ल्याउन नै हो । तर हामीले सफवेयर वण्डल गरेर दिन्छौ भनिरहँदा ल्यापटप विना कसरी संचालन गर्ने भन्ने प्रश्न उब्जिन्छ नै । त्यसलाई समाधान गर्नको लागि यस योजना ल्याएको हौँ ।

 किन शिक्षकहरुले ल्यापटप नै किन्ने ? 
शिक्षण र प्रशिक्षण कार्यमा इन्टरनेट तथा इमेलले महत्वपूर्ण भूमिका खेलेको छ । शिक्षा क्षेत्रमा कार्यरत शिक्षक, विद्ववान, बुद्धिजिवी पेशाकर्मीहरु र शिक्षा क्षेत्रसंग सम्बन्धित व्यक्तित्वहरुले समसामयिक र ज्ञानवर्धक सामाग्रीहरु डाउनलोड गरेका हुन्छन प्रत्येक शिक्षक र प्रशिक्षकले ति mबतभचष्बकि इन्टरनेट बाट अपलोड गरि समसामयिक ज्ञान, सिप र दक्षता हासिल गरी आफूलाई समयसापेक्ष अध्यावधिक गरी आफ्नो ज्ञान सिप र प्रवृतिमा वृद्धि गर्नुका साथै आफूले तयार पारेका सामग्रीहरुलाई इन्टरनेटमा अपलोड गरी सुचना तथा प्रविधिको माध्यमबाट सम्पूर्ण मानव जगतलाई आफूले प्राप्त गरेका ज्ञान तथा सिप आदान प्रदान गरि शिक्षण सिकाईमा सहभागिता जनाई सम्पूर्ण विश्व जगतलाई ज्ञानको ज्योति प्रदान गर्नु शिक्षक तथा प्रशिक्षकको प्रमुख कर्तव्य हुनआउछ । जसका लागि शिक्षक तथा प्रशिक्षकलाई कम्पूटरच तथा इमेल इन्टरनेटको ज्ञान हुनु जरुरी छ ।

आम शिक्षकहरुको बुझाई ल्यापटप किन्दा सफवेयर फ्रिःमा अपलोड भएररै आउछ भन्ने छ ? के  हो ?
ल्यापटपमा आवश्यक पर्ने सम्र्पुण सफ्टवेयर भने हामी कुनै शुल्क लिदैनौँ । अतिरिक्त हाल्नु परेको खण्डमा भने लाग्छ नै ।  ताकि मिदासको सफवेयर बजारमा किन्न जानु भयो भने निक्कै महंगो पर्न जान्छ ।

भौगोलिक रुपमा विकट हाम्रो देश जहाँ विद्यार्थीहरुको हातमा पाठ्यपुस्तकहरु समेत समयमा पुग्न नसेको परिप्रेक्षमा तपाईको योजनाले सार्थकता पाउछ त ?
सहि प्रश्न गर्नु भयो । ‘तर सबै कुरा तत्कालै तुरुन्त एका एका चेन्ज हुुनुपर्छ भन्ने हाम्रो मान्यता होइन । अहिलेको अपरिवेशमा हेर्नु पर्दा बजारको तुलनामा मकवानपुरका दुर दराजमा रहेका विद्यालयका शिक्षकहरुले वढि चासो दिएका छन् र सोहि अनुरुपमा पछि परिएला भन्ने हेतुले यस तर्फ सचेत रहनुको साथै गाउँका शिक्षकहरु टेक्नोलोजिमा बजारको हिसावले झन अब्बल रहेको मैले पाएको छु । फेरि मैले शहरका शिक्षक त्यस विषयमा अब्बल हुनुहुन्न भन्न खोजेको होइन, तर पनि लामो समय मकवानपुर जिल्लामा रहेर काम गरिरहदाँ मैले धेरै शहर भन्दा गाउँका शिक्षक भेटेको छु  ।  अहिले देखि नै शिक्षकहरुमा चेतना प्रवाह गरेको खण्डमा एक न एक दिन सार्थकता पाउनेछ भन्ने आशा गरेको छौँ । र यसको सम्भाव्यता के कस्तो भन्ने विषयमा सम्बन्धित सरकारी निकायहरु तथा यस क्षेत्रमा कार्य गरिरहेका संघ संस्थाहरुलाई सुझाव प्रदान गर्न समेत आईसिटी ईन एजुकेशन नेपालले एक मार्गदर्शन बनेको छ ।

बजारमा दर्जनौँ यस सम्बन्धी काम गर्ने संस्थाहरु छन् ? अरु भन्दा यस संस्थामा के फरक छ ?
यस संस्थालाई एउटा विजनेसको रुपमा मात्रै नभई शिक्षण सिकाईलाई प्रभावकारी बनाई शिक्षामा गुणस्तर वृद्धि गर्ने संस्थाको रुपमा हेर्न जरुरी छ । हामीले मकवानपुरका परिवेशमा भनिरहँदा हरेक विद्यालय विद्यालयमा पुगि टेक्नोजोलिको बारेमा प्रशिक्षण दिईरहेका छौँ । विद्यालयसँग सम्बन्धीत आईटिका सामानहरु सौल्हियत मुल्यमा विक्रि वितरण गर्छाै । हालको योजना भनेको तपाईलाई मैले भनिसके एक शिक्षक एक ल्यापटपको योजना नै हो । हरेक शिक्षकहरुको हात हातमा ल्पापटप हुनु जरुरी छ ताकि व्यक्तिगत प्रायेजनाको लागि मात्र नभई शिक्षण सिकाई अझ प्रभावकारी होस् भन्ने हेतुले किस्ता वन्दिमा ल्यापटप प्रदान गर्दै आइरहेका छौँ यस्ता योजना हाल सम्म कुनै पनि संघसंस्थाले संचालन गरेको अवस्था भने होइन त्यसैले पनि अरुको तुलना फरक यहि छ ।

बजारमा प्रतिस्प्रधा गर्न त गाह्रो होला नि हैन ?
गाह्रो त भइहाल्छ नै नयाँ ढंगबाट कार्य गर्नको लागि त्यति त्यति सजिलो त छैन तर हामी हाम्रो योजना पुरा गर्न निरन्तर लागि परिरहेनेछौँ ।

प्रयोगकर्ताहरु गुणस्तर सँगै सर्भिसमा पनि ध्यान दिन्छन्, सर्भिसको व्यवस्था के कस्तो छ ? 
प्रयोगकर्ताको चाहान भनेको जुनसुकै सामान किने पनि समान गुणस्तर र लामो समय सम्म कुनै समस्या नआओस भन्ने हुन्छ सोहि चाहानलाई मध्यनजर गर्दै सोहि अनुरुपका आइटिका सामान प्रदान गर्ने गरेका छौँ । र प्रयोगकर्ताको समस्या नै हाम्रो समस्या हो प्रयोगकर्ताले सर्भिसको कुरामा चिन्ता लिनु पर्ने अवस्था हामीमा हुदैन र  हामी होम सर्भिसको समेत व्यवस्था गछौं ।

यस योजना सामुदायिक विद्यालयका लागि मात्र हो या सबै शिक्षकहरुको लागि ?
शिक्षाको क्षेत्रमा शिक्षण तथा प्रशिक्षणमा आइसिटिको प्रयोगबिना गरिने शिक्षण तथा प्रशिक्षण प्रभावकारी हुन सक्दैन तसर्थ अहिले सामुदायिक विद्यालयहरुको लागि मात्र हो, अब केहि समय पछि सबै शिक्षकहरुको लागि यस योजना ल्याउने तयारी हुदैछ । सायद चाँडै आउनेछ ।

भावि योजना के छ ?
विज्ञान र प्रविधिको विकास सम्पूर्ण विश्वजगतलाई संकुचित पारिदिएको वर्तमान अवस्थामा आइसिटिको प्रयोग आजको आधारभूत आवश्यकता भईसकेको अवस्थामा हामीले शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने तथा शिक्षण सिकाई कार्यमा सुधार गर्ने हाम्रो लक्ष्य सहित यस संस्था स्थापना गरि कार्य गरिरहेका छौँ र यस कार्य नेपालभर विस्तार गर्ने योजना रहेको छ ।  अहिले हामीले शिक्षकहरुको लाागि मात्र यस योजना ल्याएका छौँ । अब केहि समय पछि सरकारी कर्मचारीदेखि निजी संस्थाका कर्मचारीलाई समेत यस योजना लागु गर्ने योजना रहेको छ ।

अन्तमा केहि भन्नु छ ?
राष्ट्रको विकासको आधारस्तम्भ नै शिक्षा हो । तसर्थ देशको आर्थिक सामाजिक, राजनीतिक, भौगोलिक तथा सर्वाङ्गिण विकासका लागि शिक्षाको सुधार तथा विकास हुनु जरुरी छ । जसका लागि शिक्षा क्षेत्रमा कार्यरत जनशक्तिलाई सूचना तथा प्रविधिको ज्ञान हुनु आजको आवश्यकता भईसकेको छ । शिक्षा क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा सूचना तथा सञ्चार प्रविधिलाई एउटा औजारको रुपमा प्रयोग गर्नका लागि आम शिक्षकहरुलाई आग्रह गर्न चाहान्छु र आइसिटी सम्बन्धी यस संस्थाले गरिरहेको कुराहरु आमजनमानसमा पु¥याउन सहयोग गर्नु भएकोमा तपाई र तपाईको अनलाईनलाई धेरै धेरै धन्यवाद भन्न चाहान्छु । आगामी दिनमा समेत यस्ता अवसर प्रदान गर्नुहुनेछ भन्ने अपेक्ष गरेको छु ।
धन्यवाद




0 comments

Write Down Your Responses