Powered by Blogger.
‘हास्न पनि गाह्रो भो’ भन्दै सुरज


काठमाडौं । सुरज लामिछानेको नयाँ गित ‘हास्न पनि गाह्रो भो, रुन झन सारो भो......’सार्वजनिक भएको छ । 

यस भन्दा अघि ‘चञ्चले चञ्चले....बोलको गीत लेखेर स्रोता–दर्शकमाझ आफ्नो परिचय बनाएका लामिछानेले यो वियोगान्त गीत लिएर आएका हुन् । हिमाल सागरको स्वरमा रहेको यो गीतमा बिक्रम थापाको सङ्गीत रहेको छ । 

युट्युव मार्फत सार्वजानिक गीतको भिडियोमा सन्तोष, रमेश, अक्ष्यता लगायतका कलाकारलाई फिचरिङ गरिएको छ । यादब पुडासैनीले निर्देशन गरेको भिडियोमा सुरेश बज्रचार्यले छायाँकन गरेका छन् । 

थुप्रै गीत लेखेका सुरजले ओम प्रतिक निर्देशकमा बनिरहेको चलचित्र ‘बटर फ्लाई’का लागि पनि गीत लेखेका छन् जसमा गायक सिमान्त सन्तोषलगायतका स्वर दिएका छन् ।  

0 comments

Write Down Your Responses